पूर्ण खोप सुनिश्चितताका लागि गाउँपालिकाले गर्दे घरघुरी सर्वेक्षण

अर्जुन बोहरा

चैत १४,२०७९
हुम्ला । सिमकोट गाउँपालिकाले पालिका माताहताका वडामा पूर्ण खोप सुनिश्चितता अभियान सञ्चालन गरिएको छ। पालिकाका ८ वटै वडामा खोप पाउने उमेर समूहका बालबालिकाले खोप तालिका अनुसार खोप पाए÷नपाएको सुनिश्चित गर्नका लागि अभियान थालिएको हो।
हरेक वडाका घरघुरी सर्वेक्षणमार्फत खोप पाए÷नपाएको सर्वेक्षण गरिने गाउँपालिका स्वास्थ्य शाँखा अधिकृत नर बाहादु भण्डारीले जानकारी दिए। यहाँ जन्मेदेखि एक वर्षमुनिका २६४ बालबालिका छन्। यी बालबालिकाको घरधुरी सर्वेक्षणपश्चात् खोप लगाउन छुटेका भेटिए खोपको दायरामा ल्याइने उनले बताए।
तालिकाअनुसार खोप लगाउने उमेरसमूहका सबै बालबालिकाले खोप लगाएपछि पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिनेछ। पूर्ण खोप सुनिश्चित र दिगोपनाका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले हाल प्रत्येक वडाकाजनप्रतिनिधि,महिला स्वाथ्यस्वमसेविका र सरोकारवालासँग छलफल गरेर गर्ने पूर्ण खोप अभियान संचालन गरिएको स्वास्थ्य शाँखा अधिकृत भण्डारीले जानकारी दिए।
जन्मेदेखि एक बर्षसम्मका बालबालिकालाई विभिन्न १३ रोगविरुद्धका नौ खोप दिने गरिएको छ। हरेक स्वास्थ्य चौकी र खोप क्लिनिकमा तालिकाअनुसार खोप दिने गरिएकामा छुटेका भए यस अभियानमा नितन्तता दिने बताइएको छ। पालिकाले पूर्ण खोप सुनिश्चितता घोषणापश्चात् स्वास्थ्य कार्यालयले प्रमाणीकरणका लागि घरधुरी सर्वेक्षणसमेत गरिने छ।
आगामी वैशाख महिनामा पालिका लाई पूर्ण खोप सुनिश्चित घोषणा गर्ने कार्यक्रम रहेको स्वास्थ्य शाँखा अधिकृ भण्डारीले बताए । विसं २०७९साल चैत १०गते बाट यो महिनाको अन्ति सतामा सिमकोट गाउँपालिकाले पूर्ण खोपयुक्त घोषणा गरिने भएकोेले सबै वडामा घरघुरी सर्वेक्षण अभियान संचाल गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस