बशन्ती शाहीको ‘समय सकस’ पुस्तक लोकार्पण

चैत ११,२०७९
सुर्खेत । प्रदेश लोक सेवा आयोगका सदस्य बसन्ती शाहीद्वारा लेखिएको समय सकस नामक पुस्तकको लोकार्पण गरिएको छ । कर्णाली राजधानीमा शनिवार लोकार्पण समारोहको आयोजना गरि सकस नामक पुस्तकको विमोचन गरिएको हो ।
कोरोना फैलिएको समय सकस गैरआख्यान पुस्तकमा ०७६ साल चैत ११ गतेबाट सुुरु भएको कोरोना संक्रमणका कारण देशभर लागू भएको बन्दाबन्दीको अवस्थालाई चित्रण गरिएको छ।
तत्कालीन समयमा जसरी आमजनमानसले सकस भोग्नुुपरेको थियो सो कुरालाई स्पष्ट रुपमा उतार्ने कार्य साहित्यकार शाहीले पुस्तकमार्फत गरेकी छन्। सो बेला देशमा ५३ दिन बन्दाबन्दी भएको कुरा पुस्तकमा समेटिएको छ। विश्वभर महामारीका रूपमा फैलिएको कोभिडले ठूलो सङ्कटको रूपमा देखा परेको थियो छ । उक्त महामारी कारण विश्वले मानवीय र आर्थिक सङ्कट एकै पटक सामना गर्नु परेको थियो ।
यसले विश्व अर्थतन्त्रको समग्र उत्पादन, उत्पादकत्व एवं आपूर्ति प्रणालीमा प्रतिकूल प्रभाव पनि थियो । असहज परिस्थितिले नेपालको अर्थतन्त्र र जनजीवनमा समेत गम्भीर असर प¥यो । धेरैले ज्यान गुमाउनु प¥यो । त्यसैले कोरोना काल खण्ड बारेमा उक्त पुस्तक लेखिएको लेखक बसन्ती शाहीको भनाइ छ ।
त्यसैगरी विभिन्न स्रोतलाई उल्लेख गर्दै नेपालमा संक्रमित र मृत्यु भएको संख्यालाई पनि खुलाइएको छ। नेपाल सरकार, निजी संस्था र व्यक्तिगत रूपमा कोरोना रोकथामका लागि चालिएका कदमलाई पनि पुस्तकमार्फत समेटिएको छ। त्यसैगरी समय सकसमा कर्णाली प्रदेश सरकारले कोरोना रोकथामका लागि चालेको कदम र प्रतिपक्ष दलबाट निभाएको भूमिकालाई पनि स्पष्ट उल्लेख गरिएको छ।
पुस्तकमा कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट कोरोना संक्रमणबाट संक्रमित भएर जति जना संघीय राजधानी काठमाडौंका अस्पतालमा गएर उपचार गरेका भए पनि उनीहरूमध्ये एक जना मात्र जीवित सर्खुेत फर्केको र बाँकी सबैको काठमाडौंका अस्पतालमा उपचारका क्रममा मृत्युु भएको उल्लेख छ।
समय सकस नामक पुस्तको ४०२ पृष्ठको रहेको छ । उक्त पुस्तकलाई कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले लोकार्पण गरेका थिए । पुस्तकमाथि बालरोग विशेषज्ञ डा. नवराज केसी, मध्यपश्चिम विश्वविद्यालयका पूर्व रजिस्ट्रार महेन्द्र मल्ल र साहित्यकार देवकी तिमिल्सिनाले टिप्पणी भनाई राखेका थिए । त्यो अवधिमा नेपालीले झेल्नुपरेको त्रास, भय, दुःख,उपचारको अवस्थालाई स्पष्टसँग उल्लेख गरिएको छ। पुस्तकमा विश्वभरि कोरोना संक्रमितको संख्या र मृतक संख्या पनि उल्लेख गरिएको छ। कार्यक्रममा प्रतिपक्ष दलका नेता तथा पूर्व मुख्यमन्त्री शाहीले पुस्तकले कोरोना अवधिमा भएको वास्तविकता र यथार्थ चित्रण गरेको बताएका छन ।
कार्यक्रममा कांग्रेस कर्णाली प्रदेशका सभापति ललितजंग शाही लगायतका नेताहरु सहभागि थिए। हुम्ला जिल्ला स्थायी खार्पुनाथ गाउँपालका –५र्खरबेल गाउँकी साहित्यकार शाहीले कर्णालीकी बुहारी निबन्ध संग्रह लगायत लेखरचना पनि प्रकाशन गरिसकेकी छिन्।