माटोको छाना हटाएर ७२ घरपरिवार लाई जस्तापाता वितरण

फिल्को मिसन

चैत २,२०७९
सिमकोट। खार्पुनाथ गाउँपालिका–५ खर्पलगाउँकोे वडालाई माटोको छानोमुक्त बनाउने अभियान थालेको छ । वडाले आर्थिक अवस्था कमजोर भएका नागरिकलाई लक्षित गरेर जस्तापाता वितरण गरेको हो । सुरक्षित नागरिक आवस कार्यक्रम अन्तर्गत खार्पुनाथ गाउँपालिकालले ७२ घरधुरी लाई माटोको छाना हटाएर जस्तापाता लगाउने कार्यक्रम सञ्चालनमा ल्याइएको छ । सुरक्षित नागरिक आवस कार्यक्रम अन्र्तगत लक्षित वर्गका घरधुरीलाई जस्तापाता अनुुदानमा प्रदान गरिएको हो ।
जस्तापाताले घरको छानो छाएपछि बर्खायाममा पानी चुहिने समस्या र हिउदमा हिउ फाल्ने कार्यबाट छुटकारा भएको बताए ।
सेवाग्राहीलाई समस्याबाट छुटकारा पाउनुुका साथै सुरक्षित घरमा बस्न समेत पाएका छन्। उक्त गाउँबाट शाही छनौट भएका थिए । केही घरधुरीले भने माटो र काठले समेत छाएका थिए । जस्तापाता पाएपछि ती छाना हटाउने कार्य सुुरु भएको छ।
उक्त वडाका अध्यक्ष भरतजङ्ग शाहीले सङ्घीय सरकार अन्र्तगतको संघ सहरी बिकास कार्यक्रमको आर्थिक सहयोगमा खार्पुनाथ गाउँपालिकाका पाँच वटै वडाका ७२ घरधुरीलाई जस्तापाता निशुल्क उपलब्ध गराईएको जानकारी दिए । प्रतिघरधुरी सत्र वटा जस्तापाता प्रदान गरिएको छ । यसका लागि १ हजार ३सय ८१ वटा जस्तापाता वितरण गरेको छ ।
उनले सुरक्षित नागरिक आवास कार्यक्रमले तीन वर्ष लगाएर यी जस्तापाता बितरण गरिएको र अन्तिम बितरण कार्य यतिबेला भएको बताए ।
जस्तापाता पाएका घरधुरी मध्य ६५ प्रतिशत घरधुरीले माटोको छाना हटाएर जस्ता छाएको र बाँकीले समेत छाउने कार्य गरि रहेका छन् । जस्तापाता अनुदानमा पाएपनि अन्य काम भने घरधनी आफैले गरि गर्दै आएका छन् । लक्षित वर्गका नागरिकले सुरक्षित आवासमा बस्न पाउने कार्यको थालनी भएको होे ।
आर्थिक अवस्था कमजोर भएका कारण वर्षौँदेखि चुहिने माटाको छानोमा बस्दै आएका घरपरिवारका लागि अभियान सञ्चालनमा ल्याइएको वडाध्यक्ष भरत शाहीले बताए ।
वडाध्यक्ष शाहीले भन्नुभयो, ‘‘वडाले स्थानीयको समस्यालाई गहिरो अध्ययन गरेर कार्यक्रमहरु सञ्चालन गरेको छ, हुन त हामीसँग कार्यक्रम सञ्चालन गर्ने बजेट छैन तर पनि स्थानीयवासीको स–साना समस्यालाई बुझेर काम गरियो भने जनतालाई खुशी बनाउन सकिँदो रहेछ ।’’उनले बताए।

 

प्रतिक्रिया दिनुहोस