पिपिआर रोग नियन्त्रणका लागि सिमकोटले खोप अभियान

फागनु ६,२०७९
हुम्ला । सिमकोट गाउँपालिका सरकाले पशुचौपायमा लाग्ने पिपिआर रोग नियन्त्रण तथा रोकथामको लागि खोप अभियान शुरू गरेको छ ।
पशुपन्छीमा लाग्ने हैजा अर्थात् पिपिआर रोगविरुद्ध सिमकोट गाउँपालिकाको पशु शाखाले पहिलो पटक विहिबार देखि खोप कार्यक्रम सुरु गरेको हो । वर्षेनि पिपिआर रोगका कारण थुप्रै पशुवस्तु मर्न थालेपछि गाउँपालिकाले पशु शाखा मार्फत खोप अभियान विहिबारदेखि शुरु गरेको छ ।
पशुपन्छि लाई लाग्ने पिपिआर रोगविरुद्ध अभियानको शुरुवात गाउँपालिका–६बाट शुरु गरिएको पशु शाखाका नायव पशु प्रविधिक विष्णु बुमीले जानकारी दिए । सिमकोट गाउँपालिका भित्र रहेका ८ वटै वडाबाट खोप दिइने पशु शाखाका नायव पशु प्रविधिक बुमीले बताए।
पिपिआर भेडाबाख्रामा विषाणुको कारणले लाग्ने महामारी रोग हो। यो रोग लागेपछि पशुहरुमा ज्वरो आउने, झोक्राउने, आँखामा कचेरा लाग्ने लगायतका लक्षणहरु देखा पर्दछ। ‘पिपिआर रोगको समस्या यो गाउँपालिका पशुपन्छि लाई पछि नदेखियोस भन्ने हिसाबले खोप संचालन गरिएको बुमीले भने । यसर्थ गाउँपालिका लगायतका सरोकार निकाया संग समन्वयमा यो रोग विरुद्धको खोप अभियान सञ्चालन गरेको बताए । यसबाट यस प्रदेशका किसानहरु लाभान्वित हुने पशु स्वास्थ्य कर्मिले विश्वास छ।
गाउँपालिकासँग एकिन तथ्याङ्क नभएता पनि पिपिआर रोगका कारण बर्षेनी पशु बस्तु मृत्यृ भएकोले पनि यसपटक खोप शुरु गरिएको हो । खोप कार्यक्रम अभियान निरन्तर रुपमा सञ्चालन हुने पशु स्वास्थ्य कर्मिले बताएका छन ।
सिमकोट गाउँपालिका पशु शाखाको आयोजना र पशु अस्पताल तथा पशु सेवा कार्यालय हुम्लाको समन्वयमा पिपिआर खोप अभियान संचालन गरेको हो ।