गर्भवती, सुत्केरी लाई पोषण तथा सरसफाई सामाग्री वितरण

अर्जुन बोहरा

पुस २२, २०७९ शुक्रबार
हुम्ला । सिमकोट गाउँपालिकामा गर्भवती र सुत्केरी महिलाहरुलाई पोषण तथा सरसफाई सामाग्री वितरण गरिएका छ।
“अध्यक्ष उपाध्यक्ष ल्याउँदैछन कोशेली,गर्भवती,सुत्केरीको हातहातमा पोषण थैली” भन्ने बार्षिक कार्यक्रम अनुसार सिमकोट गाउँपालिकाका वडानं १ देखि ८ वडा सम्मा पोषण तथा सरसफाई सामाग्री प्याकेज कार्यक्रम रहेकोले गाउँपालिकाको वडानं २ को ठेहेमा वितरण गरिएको गाउँपालिका स्वास्थ्य शाँखा प्रमुख नरबहादुर भण्डारीले बताए।
उनले वास्तविक आवश्यकतामा रहेका गर्भवती महिला, सुत्केरी महिला, स्तनपान गराउने दश जना आमा लाई खाद्यन्न,पोषण लगायतको सरसफाई सामाग्री वितरण गरिएको बताए ।
गर्भावस्थादेखि बच्चा २ वर्षको हुने समय सम्मको लागि सुनौला हजार दिन भनिन्छ। हजार दिनका महिलाहरु लाई अन्य समय भन्दा बढी मात्रामा पोषिलो खाना खानुपर्ने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भण्डारीले बताए ।
गर्भवती तथा सुत्केरी अवस्थामा साविक भन्दा बढी पोषिलो खाना र सरसफाइमा बढी ध्यान दिनुपर्ने हुन्छ। पोषिलो खाना र सरसफाइमा गर्भवती तथा सुत्केरी महिला तथा घर परिवारका महिलाहरुको ध्यान पुगोस भनेर पोषण तथा सामाग्री वितरण गरिएको सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले बताए।
गर्भवती जाँच गरी शुन्य होम डेलिभरी गाउँपालिका बनाउन तथा स्वास्थ्य समाजको निर्माण गर्न यस्ता खाले कार्यक्रमले लक्षित गरिएको अध्यक्ष भण्डारीको भनाई छ।
वडाभित्र रहेका गर्भवती र सुत्केरी महिलाहरुका लागि अण्डा,घिउ, ,मार्सि चामल,खाने तेल, साबुन, मन्जन र ब्रस,तौलिया,पेन्टी कुट्टु,नेल कटर ग्रिन हाउसका लागि प्लाष्टि पाल,लगायतका पोषण तथा स्वास्थ्य सामाग्री वितरण गरिएको उपाध्यक्ष शुशिला ‘रोकाया’ बामले बताईन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सीता परियाले पोषणयुक्त खानेकुराको सही मिश्रणले मात्रै आमा र बच्चाको स्वास्थ्यमा राम्रो नतिजा दिने बताईन । उनले बालबालिका तथा गर्भवती महिला लता बालबालिका लाई खानेकुरा दैनिक रुपमा मिलाएर खानुपर्ने बताईन ।
स्तनपान गराउने सुत्केरी महिलालाई पोसिलो नभएको कारणले चामल, मासु,अण्डा,गेडागुडी, घिउ,दुध,तेल, हरियो तरकारी तथा सागपात, फलफुल, सर्वोत्तम पिठो लगायतका खानेकुरा नियमित खानु पर्ने अवस्ता रहेको प्रजिअ परियाले बताईन ।
सिमकोट–२ का वडा अध्यक्ष देवजन बोहराको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा वडामा १० जना सुत्केरी महिलाहरुका लागि ‘पोषण थैली’ वितरण गरिएको ठेहे स्वास्थ्य चौकीका इन्चार्ज दानबहादुर बोहराले जानकारी दिए । उनका अनुशार पोषणा थैलीमा पालिकाले मार्सी चामाल ५केजी , खाने तेल४ पोका, १ क्यारेट अण्डा, ५ चक्खी कपडा धुने साबुन, ५ चक्खी नुहाउने सावुन, आधा किलो घ्यू, महिलाको लागि पेन्टीकट्टु ,एक थान ग्रीन हाउसको पाल, नङकट,मन्जन, ब्रस, लगायतका सामाग्री वितरण गरेको छ ।
परम्पारगत खानको पौष्टिक आहारको कमिले निम्त्याउने समस्यालाई कम गर्नका लागि विशेष सिमकोट गाउँपालिकाले पोषण थैली उपाहार पोषण कार्यक्रम प्याकेज ल्याएको हो ।
पोषण थैली उपाहार वितरण कार्यक्रममा एक सांस्कृतिक कार्यक्र विचमा देउडा गित,र लोप हुँदै भएको परम्पार ढाल तरवार नाँच, लगायतको नृत्यसमेत गरिएको थियो।

 

प्रतिक्रिया दिनुहोस