मुस्ताङ–१ बाट गुरुङ विजयी, प्रदेशम कांग्रेसले खोल्यो खाता

फिल्को मिसन

२०७९ मङ्सिर ५ आइतबार
मुस्ताङ । मुस्ताङको प्रदेशसभा (१) मा नेपाली कांग्रेसका नम्डु गुरुङ निर्वाचित भएका छन् । गुरूङले नेकपा एमालेका इन्द्रधारा विष्टलाई पराजित गरेका हुन् ।
विजयी गुरुङले १ हजार ४८ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी नेकपा एमालेका इन्द्रधारा विष्टले ७९३ मत प्राप्त गरे।
विष्ट यसअघि एमालेबाट निर्वाचित प्रदेश सांसद थिए। यहाँ १ हजार ८ सय ५५ मत खसेको थियो।
प्रतिनिधिसभामा मुस्ताङबाट नेपाली कांग्रेसका उममेदवार योगेश गौचन थकाली विजयी भइसकेका छन्। ७ हजार २३० मत खसेको मुस्ताङमा गौचन ९१४ मतान्तरले विजयी भएका हुन्।

उनले नेकपा एमालेका उम्मेदवार निवर्तमान सांसद प्रेमप्रसाद तुलाचनलाई पराजित गरेका हुन्। गौचनले ३ हजार ९९२ मत पाउँदा उनका प्रतिद्वन्द्वी तुलाचनले ३०७८ मत पाएका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ४१ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस