पहिरोले घर पुरिएर हुम्लामा एकै घरका ४जना सहित पाँचको मृत्यु, ६ जना घाइते

सोमबार, असोज २४, २०७९
सिमकोट । हुम्लामा अविरल वर्षाका कारण पाँचजनाको मृत्यु भएको छ। चंखेली गाउँपालिका– ६ मेल्छाममा एकै घरका ४ जना र ताजाँकोट गाउँपालिका– ४ मा १ जना गरी पाँचजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।चंखेली– ६ मा वर्षाका कारण घर भत्किँदा एकै परिवारका चारजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्।
प्रहरीका अनुसार पहिरोमा परेर मृत्यु हुनेमा ६० बर्षिय तुलसा कामी,७ बर्षिय बसन्त वि.क.,नौ बर्षिय सुस्मिता विक र १२ बर्षिय हैजाली विकको मृृत्यु भएका छन । सोही परिवारका ४२ वर्षीय देउचे विक, उनकी २८ वर्षीया श्रीमती अवकति विक, ११ वर्षीया छोरी निरू विक, १३ वर्षीया ममता विक र एक वर्षका छोरा घाइते भएका प्रहरीले जनाएको छ।
निरन्तरको वर्षातले माथिबाट आएको पहिरोमा परेर चंखेली गाउँपालिका वडा नम्बर ६ मासिधाराको जनबाडाका देउच्या विकको घर छोपिदा उनकी श्रीमती सहित १ छोरा र २ छोरीको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सीता परियार जानकारी दिए ।
त्यसै गरि ताँजकोट गाउँपालिका ४का खेम राज ढंकालको पनि माथि बाट आएको पहिरोको ढुङ्गा लागेर मृत्यु भएको मृत्यका आफन्त धनराज ढंकाले बताए ।
त्यैसगरि, ताजाँकोट– ४ मा वर्षाका कारण बाटोमाथिबाट खसेको ढुंगा लागेर खेमराज ढंकालको मृत्यु भएको छ। लगतार बर्षाले ताँजकोट गाउँपालिका ३को मदना गाउँमा माथिबाट आएको पहिरोले ७ बषिर्य बालका केनिश परियार सख्त घाईते भएको जिल्ला प्रहरी कार्यालयले जनाकारी दिए ।
वर्षाले नाम्खा गाउँपालिकाको च्याछहरालगायतका स्थानमा सडक भत्किएर आवतजावतमा समस्या भएको छ। सर्केगाड गाउँपालिका– ८ राहदेवमा पनि कम्तीमा पाँच घर उच्च जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी परियारले जानकारी दिइन्।
पहिरोले विकको घरमा पुरै क्षती पुगेको र घाइते विकसहितका घाइतेको स्थानीय मैल्छाम स्वास्थ्य चौकीमा उपचार भैरहेको छ । घाईते लाई नेपाली सेनाको हेलिकोप्टर बाट उद्धार कार्या पहिल भईरहेको प्रमुख जिल्ला अधिकारी सीता परियारले बताईन । अविरल वर्षाले जिल्लाभरि बाढी–पहिरो बढेपछि जिल्ला विपत् व्यवस्थापन समितिको आपतकालीन बैठक बाट तत्काल उद्धार र राहतका लागि छलफल गरिएको प्रजिअ परिया बताए ।