रुसी मिसाइल आक्रमणमा परी आज युक्रेनमा कम्तीमा २५ जनाको मृत्यु

असोज १४, २०७९
एजेन्सी ।युक्रेनको जापोरिज्जिया आक्रमणमा २५ जनाको मृत्यु भएको युक्रेनी अधिकारीले बताएका छन् । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको कार्यालयका प्रमुखले आज जापोरिज्जिया सहरको छेउमा रहेको एक कार बजारमा रुसी मिसाइल आक्रमणमा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ भने अन्य ५० जना घाइते भएको जानकारी दिनुभएको छ । एन्ड्री यर्माकले कथित आक्रमणपछि रुसलाई आतङ्कवादी राज्य भएको आरोप लगाएको छ । क्षेत्रीय गभर्नर ओलेक्सान्डर स्टारुखले यसअघि हमलामा परी २३ जनाको मृत्यु र २८ जना घाइते भएको जानकारी दिनुभएको थियो । आंशिक रूपमा कब्जा गरिएको जापोरिज्जिया क्षेत्रमा रुसी–स्थापित प्रशासनका एक अधिकारी भ्लादिमिर रोगोभले आज बिहानको आक्रमण युक्रेनी सेनामाथि गरेको आरोप लगाउनुभयो ।