नेपाल र चिनियाँ बीच ६ बुँदेमा हस्ताक्षर

फिल्को मिसन

२७ भद्रा २०७९
काठमाडौँ । नेपालको प्रतिनिधिसभा र जनवादी गणतन्त्रचीनको राष्ट्रिय जनकंग्रेसबीच ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ। सोमबार अपरान्ह नेपाल आइपुगेका चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु र नेपालको प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाबीच ६ बुँदे सम्झौता भएको हो ।
समझदारी पत्रमा सन् २०१९ को अक्टोबरमा चिनियाँ राष्ट्रपति सि जिनपिङको भ्रणका क्रममा नेपाल सरकार र चीनबीच भएको विकास र समृद्धिको लागि चिरकालसम्म मैत्रीपूर्ण द्धिपक्षीय सम्बन्धनलाई अभिवृद्धि गर्ने निर्णयलाई आधार मान्दै दुई देशका संसदबीच सहयोग र सद्भाव कायम रहने उल्लेख छ।
पत्रमा आपसी विश्वास सुदृढ र विकास गर्ने, एक अर्काको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्ने, एक अर्काको स्वतन्त्र रुपमा छनोट गरिएको सामाजिक प्रणाली र विकास पथको सम्मान गर्ने उल्लेख छ।
समझदारी पत्रमा दुई संसदबीच भ्रमणको आदान प्रदान बढाउने, संसदका मैत्री समूहहरुलाई सक्रिय बनाउने जस्ता कुरा पनि उल्लेख गरिएको छ।
चिनियाँ जनकँग्रेसका अध्यक्ष ली चान्सु चार दिने भ्रमणको लागि काठमाडौँ आउनु भएको छ । सभामुख अग्नि सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आउनु भएका ली साढे ३ बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्नुभएको हो ।
यस्तो छ समझदारीपत्र

प्रतिक्रिया दिनुहोस