असोज४ बाट मतपत्र छाप्ने काम सुरु

भदौ १६, २०७९
काठमाडौं । मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि असोजको ४ गतेदेखि मतपत्र छाप्न सुरु गर्ने भएको छ।
अहिले मतपत्र डिजाइन हुँदै गरेको र असोजको ४ गतेबाट छपाइ शुरु हुने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले थाहा बताए । त्यसअघि आयोगले मनोनयन भएका समानुपातिक उम्मेदवारहरूको बन्दसूची असोज २ र ३ गतेसम्म बन्दसूची पेश गर्ने समय दिइने अर्यालले जानकारी दिए ।
आयोगले हिजो बुधबार समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिन निवेदन दिएका राजनीतिक दलहरूको अन्तिम सूची सार्वजनिक गरेको थियो। ती दलहरूलाई असोज २ र ३ गतेसम्म बन्दसूची पेश गर्ने समय दिइएको उनको भनाइ छ।
अहिले मनोनयन गराएका दलहरुले तोकिएको समयमा बन्दसूची बुझाउन नसके उनीहरूले निर्वाचनमा भाग लिन पाउँदैनन्। चुनावको मिति नजिकिँदै जाँदा निर्वाचन आयोगले जिल्लादेखि केन्द्रसम्म नै आन्तरिक गृहकार्य गरिरहेको छ। जसअन्तर्गत आज मतदता नामावलीका दोहोरो नाम भएका र मृत्यु भएका मतदाताको नाम अद्यावधिक भइरहेको अर्यालले बताए।
प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक र प्रदेशका २÷२दुई गरी चार प्रकारका मतपत्र आयोगले छाप्ने भएको छ। प्रतिनिधिसभातर्फको समानुपातिक र प्रत्यक्षको १÷१ गरी दुई मतपत्र आयोगले छाप्ने तयारी गरेको छ। त्यस्तै, प्रदेशसभा सदस्यतर्फको प्रत्यक्ष र समानुपातिकको मतपत्र भने प्रदेशअनुसार फरक–फरक हुने आयोग स्रोतले जनाएको छ। त्यसका लागि आयोगले प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकतर्फका लागि दुई÷दुई करोड गरी ८ करोड मतपत्र छाप्ने आयोगले बताएको छ।
आयोगले मतपेटीसहितका निर्वाचनका लागि आवश्यक पर्ने अन्य सामग्री खरिद प्रक्रिया अघि बढाएको छ।
अन्तिम मतदाता नामावली भदौ २१ गते प्रकाशन गर्ने आयोगले तयारी गरेको छ। स्वीकृत बजेटअनुसारको कार्यक्रम निर्धारण, नीति निर्देशिका परिमार्जन लगायतका गृहकार्य भइरहेको छ। आयोगका अनुसार मतपत्र डिजाइनको काम पनि भइरहेको छ।