सत्ता गठबन्धनको बैठक बस्दै, सिट बाँडफाँटबारे टुङ्गो लगाइने

फिल्को मिसन

भदौ १६, २०७९
काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनले आजपनि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल गर्ने भएको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटरमा बिहान ११ बजेका लागि बोलाइएको गठबन्धनको बैठकमा मङ्सिर ४ गते हुने चुनावको लागि सिट बाँडफाँड गर्ने विषयमा छलफल हुने भएको हो । यसअघि बैठकमा नेपाली काँग्रेसले १ सय, नेकपा (माओवादी केन्द्र) ले ६०, नेकपा (एकीकृत समाजवादी) ले ४०, जनता समाजवादी पार्टी नेपालले ३२ र जनमोर्चाले २ सिटको दाबी गरेका थिए । सो विषयमा सहमतिका लागि शीर्ष नेतासहितको बैठकमा नियमित छलफल हुँदै आएको छ । तर, दलहरूले आ–आफ्नो अडान नछोड्दा सिट बाँडफाँट टुङ्गो लाग्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस