राप्रपामा पाँच विभागीय प्रमुख मनोनित

फिल्को मिसन

जेठ २५,२०७९
काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको पाँच विभागमा प्रमुख तोक्नुभएको छ । राजनीतिक विभाग प्रमुखको जिम्मेवारी उपाध्यक्ष बुद्धिमान तामाङलाई दिइएको छ । यस्तै प्रशिक्षण विभाग प्रमुखमा उपाध्यक्ष धु्रवबहादुर प्रधानलाई तोकिएको राप्रपाले जनाएको छ । संगठन विभाग प्रमुख महामन्त्री धवलशम्शेर राणा, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख महामन्त्री भुवनकुमार पाठक र स्वास्थ्य विभाग प्रमुखको जिम्मेवारी रामप्रसाद उप्रेतीलाई दिइएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस