हुम्लामा तिन देखि अबरुद्ध भएको सञ्चार सेवा आजबाट सुचारु

फिल्को मिसन

२० बैशाख २०७९
सिमकोट । हुम्लामा शनिबार रातीदेखि अबरुद्ध भएको सञ्चार सेवा आजबाट सुचारुप भएको छ। तीन दिनदेखि सञ्चार सेवा अवरुद्ध भएको थियो । दैलेखको महावुलेखमा रहेको नेपाल टेलिकमको टावरको मर्मतपछि अवरुद्ध सञ्चार सेवा सुचारु भएको हो ।
नेपाल टेलिकम हुम्लाकी प्रमुख रिजि आङ्वु लामाकाअनुसार टेलिकमका अवरुद्ध सबै सेवा तीन दिनपछि सुचारु भएका छन्। कालिकोटको महावु लेकको टावरमा समस्या आउँदा हुम्लामा गत आइतबारदेखि इन्टरनेट सेवा प्रभावित भएको थियो। उनले टावरको रेडियो लिङ्कमा नयाँ उपकरण जडानपछि टेलिकमको एडीएसएल, मोबाइल र फोरजी सेवा सुचारु भएको जानकारी दिइन्।
रेडियो लिंकमा भएको समस्या समाधानको लागि प्राविधिक टोली महाबु लेकमा सोमबार बेलुका पुगेको भएपनि मंगलबार दिउँसो मात्र मर्मत गरेर सेवा सुचारु गर्न सफल भएको छ ।
स्थानीय तह निर्वाचनको बारेमा जानकारी लिन मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई समस्या बनाएको थियो

प्रतिक्रिया दिनुहोस