सातामा दुई दिन सार्वजनिक बिदा दिने सकारको निर्णय
१४ बैशाख २०७९, बुधबार
काठमाडौं । सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेका छ । जेठ १ गतेदेखि लागु हुनेगरी सरकारले सो निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । विदा २ दिन दिएपछि सरकारले कार्यालय समय भने बढाएको छ । कार्यालय समय अब विहान ९ः३० देखि ५ः३० सम्मको हुने छ । हाललाई परीक्षणको रुपमा जेठ १ गतेदेखि लागू हुने गरी विहान ९ः३० देखि साँझ ५ः३० बजे सम्म कार्यालय समय कायम गर्ने र शनिबार र आइतबार सातामा दुई दिन सार्वजनिक विदा दिने निर्णय भएको कार्कीले बताउनुभयो ।
मन्त्रिपरिषद बैठकले कम आवश्यक, बिलासीजन्य र स्वास्थ्यमा नकारात्मक असर पार्ने १० वस्तु आयातमा प्रतिबन्ध लगाउने निर्णय पनि गरेको छ । तर दुइ दिन विदा दिने सरकारको निर्णयमा आलोचना पनि भएको छ भने केही समर्थन पनि गरेका छन् । कतिपयले भने दुइ दिन विदा दिदैमा सरकारले सोचेजस्तो इन्धन खपत र आर्थिक भार कम हुने संभावना नरहेको कतिपयको विश्लेषण रहेको छ ।