नेपाल बारको अध्यक्षमा गोपालकृष्ण घिमिरे निर्वाचित

फिल्को मिसन

चैत २५,२०७८
काठमाडौं । नेपाल बार एसोसिएसनको अध्यक्षमा गोपालकृष्ण घिमिरे निर्वाचित भएका छन् ।। गत १९ गते भएको मतदानको अन्तिम नतिजा आज आएको हो । आज दिउँसो आएको अन्तिम मत परिणाम अनुसार सत्तारुढ गठबन्धन निकट घिमिरेसहित प्यानल विजयी भएको हो । अध्यक्षका अर्का प्रत्यासी नेकपा एमाले निकट प्रगतीशील तथा पेशागत कानून व्यवसायी समूहका उम्मेदवार विष्णुमती अधिकारी पराजित हुनुभयो । त्यसैगरी बारको महासचिवमा गठबन्धनका उम्मेदवार अञ्जिता खनाल र कोषाध्यक्षमा पनि गठबन्धनकै भरतबहादुर राउत विजयी हुनुभयो । २५ सदस्यीय रहने बारको कार्यसमितिका लागि ७ हजार ४ सय २९ मत खसेको थियो । घिमिरेलले ४४ सय ७४ मत ल्याएर अध्यक्ष पदमा विजयी हुनुभएको एसोसिएसनको निर्वाचन अधिकृत नरेन्द्रकुमार केसीले जानकारी दिनुभयो।
घिमिरेका निकटम प्रतिद्वन्द्वी विष्णुमणि अधिकारीले २४ सय ८२ मत प्राप्त गर्नुभएको केसीले बताउनुभयो। यसैगरी, महासचिव अन्जिता खनाल विजयी हुनुभएको छ। खनालले ३६ सय ८२ मत ल्याउनुभएको छ भने उहाँका निकटम प्रतिद्वन्द्वी केदारप्रसाद कोइरालाले २९ सय ८९ मत प्राप्त गर्नुभएको केसीले बताउनुभयो।

बारको कोषअध्यक्षमा भरतबहादुर राउत विजयी हुनुभएको छ। उहाँले चार हजार ३६ मत प्राप्त गर्नुभएको छ। राउतको प्रतिद्वन्द्वी जगतबहादुर कार्कीले २८ सय १८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत केसीले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस