चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौंमा

फिल्को मिसन

चैत ११, २०७८
काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौं आउनुभएको छ । तीन दिने भ्रमणका लागि वाङ शुक्रबार अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्।
सोमबार पाकिस्तान पुग्नुभएका वाङ अफगानिस्तान, भारत हुँदै आज काठमाडौं आइपुग्नुभएको हो । २५ सदस्यीय भ्रमण टोली सहित काठमाडौं उत्रिनुभएका वाङ विमानस्थलबाट द्वारिका होटेलमा रहनुभएको छ । वाङले औपचारिक भेटघाट भने भोलि बिहानदेखि मात्रै तय भएको छ ।
भोली विहान नेपालका समकक्षी डा.नारायण खड्कासँग भेटघाट गर्ने र त्यसअघि बिहान साढे ६ बजे नै शिवपुरीमा हाइकिङ जाने कार्यक्रम रहेको छ ।
यस्तै भोली प्रधानमन्त्री शेरबहादुर देउवा र पर्सि बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्ने कार्यक्रम तय भएको छ । वाङले आइतबार नै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेपछि साँझ चीन फर्किने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस