कर्णालीका मुख्यमन्त्री र प्राधिकरणका निर्देशक विच विद्युतको विषयमा छलफल
फागनु २८,२०७८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङबीच भेटवार्ता भएको छ । शनिबार भएको भेटवार्तामा नेपाल विद्युत् प्राधिकरणका निर्देशक कुलमान घिसिङले अबको एक वर्षभित्रै १३२ केभी प्रशारण लाइन विस्तार गरिसक्ने बताए । कर्णालीमा विद्युत प्रशारणलाइन विस्तारमा देखिएका समस्या र समाधानका विषयमा छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
कैलालीको सोल्टा र दाङ हुँदै सल्यानबाटसमेत ३३/३३ केभी प्रसारणलाइन ल्याउने प्रक्रिया शुरू गरिएको बताए ।यस्तै, निर्देशक घिसिङले साविक कर्णाली अञ्चलका पाँच जिल्लामा २/२ मेगावाटका सोलार प्लान्ट स्थापना गर्ने प्रक्रियाको पनि थालनी गरिएको जानकारी दिए । भेटका क्रममा मुख्यमन्त्री शाहीले कर्णालीमा विद्युत उत्पादनको सम्भावना धेरै भएपनि हाल ८ मेगावाट मात्रै विद्युत उत्पादन भइरहेको घिसिङले जानकारी गराएका थिए ।
अहिलेको ३३ केभी प्रशारणलाइनका कारण कर्णालीबासीले विद्युतको ठूलो समस्या भोगिरहेको प्रति प्राधिकरण निरन्तर लागि परेको र १३२ केभी प्रशाणलाइनको काम चाँडो सम्पन्न गर्न घिसिङ समक्ष राखेका थिए ।