सामाजिक संस्कार लाई तोड्दै मन्त्रीले मृत्यक लास बोके (फोटो फिचर)

फिल्को मिसन

फागुन १९,२०७८
हुम्ला । कर्णाली प्रदेश सरकारका पूर्व मन्त्री महेद्र बहादुर शाहीले अन्तिम श्रद्धाञ्जली दिन खार्पुदोभानामा पुगेका छन ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं हुम्ला जिल्ला इन्चार्ज विजय भण्डारीका बुवाको मृत्यु भएपछि कर्णाली प्रदेशका मन्त्रीहरु श्रद्धाञ्जली दिन खार्पुपुगेका हुन् ।
मृत्यक नरजित भण्डारी (ठोक्रे) लाई अन्तिम श्रद्धाञ्जली दिन कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाही,नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीका अध्यक्ष तथा पूर्व कृषि मन्त्री बिमाल केशी र उद्योग पर्यटन वन तथा वातवरण मन्त्री छिरङ्ग डम्डुल लामा (कार्चेन ) माओवादी केन्द्रका जिल्ला अध्यक्ष लालकेश जैसी,नेपाली काँग्रेसका जिल्ला उपसभापति कैलाश भण्डारी, कर्णाली विकास योजना आयोग सदस्य डा दीपेन्द्र रोकाया,सिमकोट गाउँपालिकाका उपाध्यक्ष बली रावतको लगायतका नेता, कार्यकर्ता र सर्वसाधारणसमेत खार्पुदोभनामा पुगेका थिए ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं हुम्ला जिल्ला इन्चार्ज विजय भण्डारीका बुवाको मृत्यु भएपछि कर्णालीका पूर्वमुख्य मन्त्री लगायत मन्त्रीहरुले श्रद्धाञ्जली दिन खार्पुदोभानामा पुगेका हुन ।
हुम्लाका अधिकाँस माथिल्लो जातिले तल्लो जातिको लाश लाई बोक्नु हुँदैन भन्ने सामाजिक संस्कार लाई तोड्दै पूर्व मुख्यमन्त्री शाहीले मृत्यक भण्डारीको लाश बोकेका छन । बाहुन र ठकुरीहरुले तल्लो जातिका क्षेत्री,दलीत र अन्य जातिका मृत्युभएका लाश बाहिरुपमा सम्वेदान प्रकट गरेपनि भित्र अन्तरआत्म देखि खासै हुम्लाका ठकुरी ,बाहुन उपाल्लो जातिले बोकेको इतिहास छैन ।
मृत्यक लाश जलाउने ठाउँ,मलामी जानु हुँदैन र महिलाले लाश बोक्नु हुन्न भने संंस्कार तोड्दै नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटिका अध्यक्ष तथा पूर्व कृषिमन्त्री केसीले लास बोकेकी थिईन । केन्द्रीय सदस्य भण्डारीका बुवा ठोक्रे भण्डारीको ८२ वर्षको उमेरमा आफ्नै घर सिमकोट गाउँपालिका–१ ठेहेमा निधन भएको थियो ।
भण्डारीका बुवा लामो समयदेखि दम रोगबाट पीडित थिए । नेकपा माओवादी केन्द्र हुम्ला जिल्ला समन्वय कमिटीको बैठकमा भाग लिन पूर्व मुख्यमन्त्री शाही सहित कर्णाली प्रदेशका अध्यक्ष केसी हुम्लामा पुगेका हुन। जिल्ला इन्चार्ज भण्डारीका बुवाको निधन भएको कारण माओवादीले पूर्वनिर्धारित बैठकको एक दिनपछि सरेको हो ।

 

प्रतिक्रिया दिनुहोस