हुम्लामा सवारीमा नयाँ भाडादर निर्धारण

फिल्को मिसन

फागुन १७,२०७८
सिमकोट । हुम्लामा चल्ने लामो तथा छोटो दुरीका सवारीसाधनको नयाँ भाडादर निर्धारण गरिएको छ । यातायात व्यवसायीले मनपरी रुपमा भाडा अशुलिरहेको गुनासो आएपछि जिल्ला यातायात व्यवस्थापन समितिको बैठकले नयाँ भाडादर निर्धारण गरेको हो ।
जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले जिल्लाभरीका सबै कच्चि सडकमा सवारीसाधन सञ्चालन हुँदै आएको रुढप्रमिट बिनार भाडा दर कायम गरेको छ । समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी सीता परियारले यात्रु र व्यवसायी दुबैलाई मर्का नहुने गरि भाडा निर्धारण गरिएको बताईन ।
प्रमुख जिल्ला अधिकारी परियारको अध्यक्षतामा जनप्रतिनिधि, व्यवसायीसंघ र नागरिक समाजको उपस्थितमा बसेको बैठकले सडक सञ्जालसँग नजोडिएको हुम्लामा रुडप्रमिट विना गाडि सञ्चालन भईरहेको छ । यातायात व्यवस्था कार्यालय विरेन्द्रनगर सुर्खेतको फागुन ११ गतेको परिपत्र अनुसार बैठक सञ्चालन भएको हो ।
जिल्लाका कच्चि सडकको अवस्था, अस्थाई रुड कायम, भाडा दर एकरुप्ता बनाउनका लागि जिल्ला प्रशासन कार्यालय हुम्लामा उक्त परिपत्र पठाएको थियो ।
यतिखेर हुम्ला जिल्लामा करीव १४–१५ वटा गाडि रुटप्रमिट विनै सञ्चालन भएका, कालो प्लेट समेत नभएका र रातो प्लेटमा काम चलाउँदै आएका जिल्ला ट्राफिक प्रहरी कार्यालय श्रोते बताएको छ । हुम्लामा रुटप्रमिट नभएको भए पनि यहाँ करीव ३ देखी ५ वर्षदेखि ट्राफिक प्रहरी र जिल्ला प्रशासन कार्यालयले गाडि सञ्चालन हुन दिइरहेको छ ।

त्यस्तै जिल्लामा बाइक चलाउनेको लाइसन्स नभएको, ट्याक्टर चालक उमेर नपुगेका हुँदा यहाँ दुरघट्नाको अति जोखिम रहेको पाइएको छ । यसका लागि सरोकारवाला निकायले उनिहरुलाई सचेत गर्नु पर्ने देखिएको स्थानीयको भनाई रहेको छ ।

सोमबार बसेको बैठकले जिल्लाको तल्लो क्षेत्रमा प्रति किलोमिटर ८ रुपैयाँ र माथिल्लो क्षेत्रमा १० रुपैयाँ भाडादर कायम गरेको छ । अदानचुलीको गल्फागाड देखी श्रीनगर बजार सम्म ८० रुपैयाँ, ताँजाकोटको कवाडी देखी मैला–छपे्रला–चाखुरे सम्म ८८ रुपैया, पैमा देखी सिरुपाटा–गोठेलवाडासम्म ८८ रुपैयाँ, लयाटा–काडागाउँ सम्म ५६ रुपैयाँ निर्धाणर गरिएको छ । यस्तै छप्रेला देखी नैकालासम्म ३२ रुपैया, खच्चा देखी भुज्माधारा सम्म ४० रुपैयाँ, सरिसल्ला मैला कवाडी ३१२ रुपैयाँ, सरिसल्ला पिप्पलाङ ४० रुपैया, लोती–मुगु सिमानासम्म २१६ रुपैया, सरिसल्ला–सर्केगाड ८० रुपैयाँ कायम गरिएको छ ।

यसैगरी माथिल्लो भेगको खार्पुनाथ–खर्पेलगाउ ६०, खार्पुनाथ–बोक्चेगौडा ४०, खार्पुनाथ–सिमकोट १२०, सिमकोट–लिमाटाङ रलिग १५०, सिमकोट–बरागाउँ,ठेहे,दोजाम २२०, सिमकोट–हेप्का १७०, सल्ली–लिमी ५५०, ट्याक्ची–हल्जी १५० रुपैयाँ कायम भएको छ । भने सिमिकोट–औलधिगा १५०, सिमकोट–लेखधिगा २२०, सिमकोट–लेगधिगा–लिमिलाप्चा ९०० र सिमकोट हिल्सा ९५० भाडादर कायम गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस