सडक निर्माण क्रममा झडप हुँदा एक महिला घाइते

फिल्को मिसन

फागुन १६,२०७८
हुम्ला । हुम्लाको चंखेली गाउँपालिका–४ पिप्लाङ गाउँमा नेप्का–टाँके जोड्ने सडक निर्माणको विषयमा विवाद हुँदा झडप भएको छ ।
सल्लीसल्ला–पिप्लाङ–माछापानी हुँदै नेप्का–टाँके जोड्ने वैकल्पिक व्यापारिक सडकमार्ग खन्ने क्रममा झडप भएको हो ।
चंखेली गाउँपालिका ५नेप्का गाउँका र वडा नं.४ का केही युवा विच कुटाकुट हुँदा धर्मा तामाङ घाइते भएकी छिन्। अन्य भने आधा दर्जन नेप्काका स्थानीयलाई सामान्य चोट लागेको छ। अहिले घाईते तामाङको अवस्था सामान्य रहेको प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिइन्। कुटपिट गर्नेहरूविरूद्व मेल्छाम प्रहरी चौकीमा उजुरी दिइएको स्थानीय हर्कधन तामाङले बताए ।
सल्लीसल्ला–पिप्लाङ–माछापानी हुँदै नेप्का–टाँके जोड्ने वैकल्पिक व्यापारिक सडकमार्ग खन्ने क्रममा क्रममा पिप्लाङ गाउँका स्थानीयले अवरोध गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस