गृह जिल्लामै मन्त्री कार्चेनलाई स्वागत(फोटो फिचर)
फागुन १६,२०७८
हुम्ला । कर्णाली प्रदेश सरकाको उद्योग पर्यटन वन तथा वातवरण मन्त्री छिरिङ डम्डुल लामा ‘कार्चेन’लाई गृह जिल्ला हुम्लाको सिमकोटमा स्वागत तथा जनभेघाट कार्याक्रम गरिएको छ । सोमबार नेकपा माओवादी केन्द्रको सिमकोट गाउँपालिका कमिटिले हुम्लामा मन्त्री कार्चेनलाई स्वागत गरेको हो ।
स्वागत तथा जनभेटघाट कार्यक्रममा मन्त्री कार्चेनले आफनो कार्यकाल सफल बनाउका लागि सम्पुर्ण हुम्लीबासिकोसाथ सहयोग र सुझावको आवश्यकता पर्ने बताए ।
उनले भने,‘हुम्लामा भएका बिकृती र विसंगतीका बारेमा मैले पहिलेदेखी थाहा पाएको छु । अहिले सबैको सुझाव र सल्लाह लिने काम गरिरहेको छु । तपाई सम्पुर्ण पार्टी कमिटी सदस्यहरु मेरो सल्लाकार हुनुहुन्छ । हुम्ला जिल्लाको शिर ठाडो पार्ने गरि, गर्व गर्ने गरि काम गर्ने छु,मेरो कार्याकाल ६ महिनाको छोटो अवधि भयता पनि म लागि पर्ने छु’ ।
स्वगात तथा जनभेटघाट आयोजित कार्यक्रममा आफ्नो भनाई थाप्दै मन्त्रीले जिल्लाको पर्यटन प्रवर्द्धन गन्तव्य स्थान भएकोले टुरिजम श्रेत्रमा जोड दिने बताए । टुरिजमको प्रशस्त सम्भावना रहेको औँल्याउँदै जिल्लाको पर्यटन विकासका लागि काम गर्ने प्रतिवद्धता जनाए ।
नेकपा (माओवादी केन्द्र) पार्टीका केन्द्रय सदस्य विजय भण्डारी (प्रतिरोध)ले माओवादी पार्टीले चलाएको जनयुद्धमा हुम्लाबाट पहिलो भुमिगत हुने माओवादी नेता कार्चेन कर्णाली प्रदेश सकारको उद्योग पर्यटन वन तथा वातवरण मन्त्रीको रुपमा पाउनु गर्वको विषय भएको बताए । उनले भने,‘हुम्लीबासीका लागि गर्वको विषय भएको बताए । उहाँको नेतृत्वमा हुम्लाबाट धेरै माओवादी सदस्य जन्माएको बताए । कार्यक्रममा नेकपा एकीकृत (समाजवादी) पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज लोक बहादुर हमाले नवनियुक्त मन्त्री कार्चेनलाई सफल कार्यकालको शुभकामना सहित बधाई ज्ञापन गर्नुभएको थियो ।
उहाँले जिल्लामा अन्यया,अत्याचार,दमन, बिकृती र विसंगती,जातियरुपमा शोषण विरुद्ध पहिलो माओवादी पार्टीमा भुमिगत हुने कार्चेन हुन । तत्कालिन म एमाले पार्टी हुँदा पहिलो पटक कार्चेन माओवादीमा भुमिगत भएर जान्छु भनेर म लाई उहाँकै घरमा गएको समयमा सल्लाह लिनुभएको स्मरण छ ।
जिल्ला समन्वय सभाको हलमा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा हुम्लाका जिल्ला इन्चार्ज विजय भण्डारी –प्रतिरोध),माओवादी केन्द्रका जिल्ला अध्यक्ष लालकेश जैशी,नेकपा एकीकृत (समाजवादी) पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज लोक बहादुर हमाल, कर्णाली प्रदेश कमिटी सदस्य जुम्कीत लामा,जिल्ला समन्वय समितिका प्रमुख दान बहादुर रावत,सिमकोट गाउँपालिका अध्यक्ष ताक्लाजिम्केत लामा (मुस्कान)नाम्खा गाउँपालिका अध्यक्ष प्रेम लामा लगायतका, मन्त्री कार्चेन लाई सफल कार्यकालको शुभकामना दिदैं जिल्ला बाट पहिलो माओवादी भुमीगत जिल्ला बाटै प्रथम मन्त्रीभएकोले सम्मान गरेका थिए ।