एमसिसीविरुद्ध माओवादी केन्द्र समाजवादी अध्यक्ष शुशिल गिरप्फतार

फागुन ४,२०७८
काठमाडौं । नेकपा (माओवादी केन्द्र–समाजवादी) अध्यक्ष कर्णजित बुढाथोकी ‘शुशिल’ एमसिसीविरुद्ध सडकमा उत्रिएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गरिने भएपछि अहिले नयाँ बानेश्वरमा भइरहेको विरोध प्रदर्शनमा अध्यक्ष शुशिल सहभागी भएका हुन् । प्रदर्शनकारीले प्रहरीको सुरक्षा घेरा पार गरेर प्रदर्शनलाई अघि बढाएपछि प्रहरीले रोक्न खोज्दा झडप भएको छ । प्रहरीले नकेपा (माओवादी केन्द्र–समाजवादी) अध्यक्ष शुशिल गिरिप्तार गरेको छ ।
प्रदर्शनकारीलाई रोक्न प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ । झडपमा केही प्रदर्शनकारी घाइते भएका छन् । यस्तै मीन भवनतर्फको प्रवेशद्वारबाट संसद् भवनभित्र पस्न खोज्ने प्रदर्शनकारीहरूलाई प्रहरीले पानीको फोहोरा हानेको थियो ।
माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा) लगायत दलका कार्यकर्ताहरूले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीहरूले आज बुधवार बिहानैदेखि माइतीघर मण्डलादेखि बानेश्वरसम्म प्रदर्शन गर्न थालेका हुन् ।