एमसीसीविरुद्ध सडक प्रदर्शन (फोटो फिचर)
फागुन ४,२०७८
काठमाडौं । एमसिसी सम्झौता विरुद्ध आज विभिन्न राजनीतिक दलहरूले नेपाल बन्दसँगै विरोध प्रदर्शन गरिरहेका छन्।
एमसिसीको विरोधमा माओवादी केन्द्रका भ्रातृ संगठन वाइसिएल नेपाल र अनेरास्ववियु क्रान्तिकारीले पनि नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरेको छ।
एमसिसीको विरोधमा नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा, वैज्ञानिक समाजवादी पार्टी र नेकपा माओवादी केन्द्र समाजवादी तथा देशभक्त गणतान्त्रिक मोर्चा नेपालले एमसिसी नचाहिने भन्दै माइतीघर मण्डला,नयाँ बानेश्वरलगायत ठाउँमा विरोध गर्दै आएका छन ।
आज संसद बैठक बस्दै छ । बैठकमा एमसीसी टेबल गर्ने तयारी भएपछि माओवादी र एकीकृत समाजवादीका युवाहरू सडकमा आएका हुन् । उनीहरू नयाँ बानेश्वरको निषेधित क्षेत्रमा पुगेर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनमा सामान्य धरपकडसमेत भएको छ । माओवादी केन्द्रको आज बसेको संसदीय दलको बैठकले एमसीसीविरुद्ध उभिने औपचारिक निर्णय नै गरिसकेको छ । राजनीतिक दलहरूले बन्द घोषणापछि गृह मन्त्रालयले उच्च सुरक्षा सतर्कता अपनाउनाएको छ ।