कोरोनाबाट १३ जनाको मृत्य१,५०जना संक्रमित, निको हुनेको सङ्ख्या ९ लाख १५ हजार

फिल्को मिसन

माघ २४,२०७८
काठमाडौं । नेपालमा थप १३ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ८ सय २७ पुगेको छ । यस्तै गत २४ घन्टामा देशभर थप १ हजार ५ सय ७० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक तथ्याङ्क अनुसार गत २४ घन्टामा देशभर ११ हजार ३ सय ६५ कोरोना परीक्षण गरिएको छ । जसमा ७ हजार ८ सय ७४ आरटी पिसिआर विधिबाट गरिएको परीक्षणमा १ हजार २२ र ३ हजार ४ सय ९१ एन्टिजेन परीक्षण गर्दा ५ सय ४८ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा हालसम्म आरटी पिसिआर विधिबाट ९ लाख ६७ हजार ४ सय २७ र एन्टिजेन विधिबाट १ लाख ३४ हजार ८ सय ३२ जनामा सङ्क्रमण पुष्टि भएसकेको छ ।
यस्तै पछिल्लो समय निको हुनेको दर बढ्दै गएको छ । गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये ६ हजार १ सय ४६ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख १५ हजार ४ सय ८९ पुगेको छ । हाल देशभर ४० हजार १ सय ११ सक्रिय सङ्क्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस