गाउँपालिकाकै मिलेमतोमा ठेक्का आह्वान
माघ १८,२०७८बुधबार
सिमकोट । गाउँपालिकामा नियम विपरित योजनाका ठेक्का आह्वान गरी मिलेमतोमा ठेक्का बाँडफाँट हुने गरेको खुलासा भएको छ । हुम्लाको चंखेली गाउँपालिकाले विद्यालय भवन निर्माणको लागि आह्वान गरेको टेन्डरप्रति निर्माण व्यवसायीले आपत्ति जनाएका छन ।
गएको पुस महिनाको २० गते चंखेली गाउँपालिकाले ३ करोड ९७ लाखा रुपैयाँको रामशाह विद्यालाय भवन निमार्णको ठेक्का आह्वान गरेको थियो । जिल्ला र जिल्ला बाहिर गरि २०देखि ३० जना जतिले ठेक्का फारम लिएर टेन्डर हालेको हुन सक्ने प्राविधिक इन्जिनियर मानबहादुर ऐडीले बताए । उहाँका अनुसार भोलि १बजे टेन्डर खुला गर्नेको लागि आफु सहित गाउँपालिकाको टिम टोली सुर्खेतमा पुगे बताए ।
चंखेली गाउँपालिका कार्यालयमा इन्टरनेट नचलेकैकारण बाध्य भएर सुर्खेतमा आएको प्राविधिक इन्जिनियर ऐडीले जानकारी गराए । तर टेन्डर निश्चित निर्माण कम्पनीलाई दिने गरी मिलोमतोमा आह्वान गरिएको निर्माण व्यवसायीहरुको आरोप छ ।
निर्माण कम्पनीलाई माग्नुपर्ने प्रि–क्वालिफिकेसन मापदण्ड कुनै खास कम्पनीलाई दिने गरी मापदण्ड तय गरिएको निर्माण व्यवसायी पालु रावतले बताए ।उनले गाउँपालिकाले निर्माण कम्पनी छनोटको योग्यताका लागि दोस्रोपटक संशोधन गरी प्रकाशन गरिएको कार्य क्षेत्रलाई छोटो अवधिका लागि परिबर्तन गरिएको आरोप लगाए ।निर्माण कम्पनीको प्रि–क्वालिफिकेसन मापदण्डमा सल्ला काठमा काम गरेको हुनुपर्ने भनिए तापनि काठको मुख्य कार्य झ्याल र ढोकाको परिमाणलाई प्राथमिकता नदिएर काठको भुइँ सिलिंगको कार्य अनुभव माग गरेको छ । सूचनामा झ्याल र ढोकाको कामलाई पहिलो प्राथमिकता दिनुपर्ने व्यवसायीको भनाइ छ। विद्यालय भवन घेराबारको नाममा सैनिक र सशस्त्रको क्याम्प घेर्ने कन्सनटेना क्वाइलमा काम गरेको हुनुपर्ने भनिएको छ।
सार्वजनिक खरिद अनुगमन कार्यालयको गाइड लाइनअनुसार नै टेन्डर आह्वान गर्नुपर्ने प्रावधान छ । तर उक्त ठेक्कामा सो नगरी मनपरी ढंगले कुनै खास निर्माण कम्पनीको अनुभव मापदण्ड मिल्ने गरी टेन्डर आह्वान गरिएको आरोप निर्माण व्यवसायीको भनाई छ । बोलपत्र आह्वान गरेको उक्त योजनाका लागि ठेकेदार र गाउँपालिका कर्मचारी विच मिलोमतोमा ठेक्का विहीबार १ बजे खुलाउने शर्तमा सुर्खेतमा आएको आरोप निर्माण व्यवसायीले आरोप लगाएको छ । चंखेली गाउँपालिका कार्यालयले मापदण्डअनुसार नै सूचना प्रकाशन गरेको गाउँपालिकाका इन्जिनियर ऐडील बताए। उनले निर्माण व्यवसायीले आफूले प्रस्तावना हाल्न नपाउने भएपछि उल्टै आरोप लगाएको बताए ।