हुम्लामा ४सय बढिले लगाए कोरोना विरुद्धको खोप

फिल्को मिसन

माघ १५,२०७८शनिबार
सिमकोट । विश्वभरि महामारीको रुपमा रहेको कोभिड–१९ को नियन्त्रणका लागि हुम्लामा ४सय ३१ जनाले कोरोना विरद्धको खोप लगाएका छन्। कोरोना भाइरस विरुद्वको खोप जिल्लामा विभिन्न स्वास्थ्य केन्द्रहरु मार्फत सर्वसाधारणलाई लगाउने काम भइरहेको छ।
बिहिबार जिल्लामा खोप पुगेसँगै बुस्टर सहित पहिलो र दोस्रो मात्राको खोप लगाउने अभियान अन्र्तगत जिल्ला अस्पताल हुम्लाले जारी रहेको छ ।कोरोनाको जोखिम उच्च हुँदै गइरहेको बेलामा सरकारले तोकेको उमेर समूहभन्दा बाहेकका नागरिकहरुको समेत खोप लगाउने पाइने आशमा खोप केन्द्रहरुमा भीड लागिरहेको छ। सात वटा स्थानीय तह र स्वाथ्य कार्यालय हुम्लाले खोप अभियान जारी गरेको छ ।
हुम्लामा पहिलो दिन १ सय ४५ जनाले विभिन्न मात्राको खोप लगाएका छन । भेरोसिल महिला ११, पुरुष ११, कोभिशिल्ड महिला ४, पुरुष ३५ जनाले खोप लगाएका हुन् । यस्तै ५३ जना बालिका, ३४ जना बालकले कोरोना विरुद्धको मोडर्ना खोप लगाएको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले बताईन् । जिल्ला अस्पताल हुम्लामा २ सय ५२ जनाले बुस्टर डोजको खोप लगाएका हुन् । जसमा महिला ५६ र पुरुष १ सय ९६ जनाले लगाएको अनमी बोहराले बताईन् । १२ देखि १७ वर्ष उमेरका बालिका ७ र बालक ४ जनाले मोडर्ना खोप लगाएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस