सार्वजनिक यातायातमा हट्यो जोर -बिजोर प्रणाली

फिल्को मिसन

माघ १४,२०७८ शुक्रबार
काठमाडौं । काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सावरीमा लागू गरिएको जोरविजोर प्राणली हट्ने भएको छ । शुक्रबार बसेको उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सार्वजनिक सवारीमा लागू भएको जोरविजोर प्रणाली हटाउने निर्णय गरेको हो । निजी सवारी र ट्याक्सीहरुमा भने सो व्यवस्था कायमै रहने भएको छ । काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले उक्त निर्णय आज मध्यरातिबाट नै लागू हुने बताए । कोभिड संकट व्यवस्थापन केन्द्र सीसीएमसीले यसअघि शुक्रबार सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली हटाउन मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो ।

आदेश_20220128_0001

प्रतिक्रिया दिनुहोस