हिन्दु राष्ट्र र राजसंस्था हटाउन राप्रपालाई निर्वाचन आयोगको निर्देशन

फिल्को मिसन

माघ ९,२०७८ आईतबार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई विधानबाट हिन्दु राष्ट्र र राजसंस्था भन्ने शब्द हटाउन निर्वाचन आयोगले निर्देशन दिएको छ ।
नेपालको संविधानको धारा २ सय ६९ तथा राजनीतिक दल सम्बन्धी ऐन प्रतिकूल हुनेगरी विधानमा सनातन हिन्दु राष्ट्र एवम् राजसंस्थासहितको प्रजातन्त्रको मान्यता अभिवृद्धि गर्न र कायम गर्न भन्ने वाक्यांश हटाउन निर्वाचन अयोगले आग्रह गरेको छ । यो संविधानको प्रस्तावना एवं भावना प्रतिकुल भएकाले हटाउनुपर्ने आयोगले पत्रचार गरेको छ।
नेपालको राष्ट्रिय झण्डा, निशान छाप, राष्ट्रिय फूल, राष्ट्रिय रंग, राष्ट्रिय जनावर, राष्ट्रिय पक्षी, नेपालको नक्सा, राष्ट्रिय पहिचान बोकेका व्यक्तित्वका तस्बिर वा चिह्न दललाई प्रदान नगर्ने गएको वर्ष नै निर्णय भएको भन्दै राप्रपाको मध्य भागमा गाई चिह्न भएको भन्ने वाक्यांश पनि हटाउन आग्रह गरेको हो ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पत्र अध्ययन गरेपछि मात्रै प्रतिक्रिया दिने बताउनुभएको छ । संचारक्रमी संग कुरा गर्दे अध्यक्ष लिङ्देनले आयोगले भन्दैमा आफूहरुले सनातन हिन्दु राज्य र गाई चिह्न नहटाउने बताउनुभयो । आयोगको उक्त निर्देशन प्रति राप्रपा पूर्व अध्यक्ष कमल थापाले आपत्ति जनाएका छन्। गत माघ २ गते नै आयोगले पत्र पठाएर संशोधित विधान र नियमावली ७ दिनभित्र पेस गर्न पार्टीलाई निर्देशन दिएको थियो।
यस्तो छ पत्र

प्रतिक्रिया दिनुहोस