२४ घण्टामा कोरोनाका कारण १६ जनाको मृत्यु

फिल्को मिसन

माघ ८, २०७८शनिबार
काठमाडौं । कोभिड १९ का कारण बितेको २४ घण्टामा १६ जनाको मृत्यु भएको छ । केही दिन यता कोरोनाका कारण हुने मृत्युदर थोरै भए पनि आज बढेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
योसँग नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६ सय ५१ पुगेको छ । पछिल्लो २४ घण्टामा १४ हजार ४ सय ६२ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा आठ हजार २ सय १२ जनामा र पाँच हजार ७ सय २५ जनामा एन्टीजेन परीक्षण गरिएकोमा दुई हजार ४२ जनामा कोरोना पुष्टि भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

पछिल्लो २४ घण्टामा ७ सय ८ जना कोरोनामुक्त भएका छन् । कोरोनामुक्त हुने दर ९५.७ प्रतिशत रहेको मन्त्रालयलको भनाइ छ । मुलुकमा हालसम्म ७२ हजार ८ सय ६२ जना कोरोनाका सक्रिय सङ्क्रमित छन् । २४ घण्टामा एक लाख ९६ हजार ८ सय ५७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस