विभिन्न पार्टी परित्याग गरी २० जना प्रवेश माओवादी केन्द्र पार्टीमा प्रवेश

फिल्को मिसन

माघ ८,२०७८ शनिबार
हुम्लामा । हुम्लाको सिमकोट गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरी २० जना नेकपा (माओवादी केन्द्र)पार्टीमा प्रवेश गरेका छन् । सिमकोट गाउँपालिका ४को बुरुउसे गाउँमा नेपाली कांग्रेस र नेकपा एमाले पार्टी छाडेर ४ घरधुरी लगायतका २० जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।नेकपा (माओवादी केन्द्र)पार्टीको सिमकोट गाउपालिकाको वडास्तरीय घरभेटघाट कार्याक्रममा प्रवेश गर्नेहरुमा नेपाली कांग्रेसमा क्रियाशिल नेता कार्यकर्ता २ घरधुरी र एमाले जिल्ला पार्टी कमिटि सदस्य सहित २० जना गाउँकमिटी सचिव कैलाश रोकायाले बताउनु भयो ।
नेकपा (माओवादी केन्द्र)पार्टी सिमकोट गाउँपालिकाले भेटघाट कार्यक्रममा प्रवेशको लहर बढेको बताएको छ ।

नव प्रवेशीहरुले नेपाली कांग्रेसभित्र विवाद बढेको र एमाले पार्टीले सन्तोषजनक काम गर्न नसकेको भन्दै पार्टी छाडेको बताएका छन् । यसैगरी माओवादी केन्द्रले कार्यकर्ता संरक्षण गर्न सक्ने र राष्ट्रिय राजनीतिमा प्रभाव राख्न सक्ने पार्टी भएकोले आफु यस पार्टीमा नवप्रवेशी फुन्जोक लामाले बताउनु भयो । माओवादी केन्द्रमा प्रवेश गर्नेहरुमा इन्द्र लामा,फुन्जोक लामा,नुर्बु जाङ्मबु लामा र सुजन बिक लगायतका नवप्रवेशीहरुलाई अविर र खादा लगाई पार्टीमा स्वागत गरेका छन । कार्यक्रममा जिल्लाका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस