फुकोट कर्णालीमा ४२६ मेगावाट : स्थानीयले१० प्रतिशत शेयर पाउने

फिल्को मिसन

माघ ५,२०७८मंगलबार
मान्म । कालीकोटको फुकोट कर्णाली अर्ध–जलाशययुक्त जलविद्युत आयोजनाले स्थानीयवासीलाई १० प्रतिशत शेयर दिने भएको छ। सार्वजनिक सुनुवाइका क्रममा आयोजनाले मङ्गलबार उक्त घोषणा गरेको हो।
रास्कोट नगरपालिका–९ भात्ततीमा ४२६ मेगावाट क्षमताको उक्त आयोजना ६ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ। यसका लागि ६ सय मिटर सुरुङ निर्माण गरिने आयोजना प्रमुख हिराचन वाइबाले जानकारी दिए। ‘माटोको अवस्था, चट्टानलगायतका भौगर्भिक अध्ययन सकिएको छ’, उनले भने, ‘करिब १० हजार रुख कटान हुने अनुमान गरेका छौँ । एउटा रुख बराबर १० रुख रोपण गरिने छ।’
आयोजना निर्माण गर्न रु ९२ अर्ब खर्च हुने आयोजनाका विज्ञ शिवशङ्कर कार्कीले जानकारी दिए। आयोजना निर्माणबाट एक हजार १४९ परिवार प्रभावित भएका छन्। आयोजनास्थलमा पूरै जग्गा परेका जग्गाधनीले ७५ र आंशिक परेकाले ६६ प्रतिशत मुआब्जा पाएको आयोजना प्रमुख वाइबाले जानकारी दिए ।
आवास निर्माणको काम भने थालिएको छ। जग्गा अधिग्रहणको प्रक्रिया सकिएको आयोजनाले जनाएको छ। बाँध निर्माणबाट डुबानमा पर्ने सान्नी त्रिवेणी गाउँपालिका, रास्कोट नगरपालिका र पचालझरना गाउँपालिकाको रकु, स्युँना, मेहलमुढी, फुकोट, बदालकोट, नानीकोट र राम्नाकोटमा प्रभावितको जग्गा अधिग्रहणको प्रक्रिया सकिएको छ।

प्रतिक्रिया दिनुहोस