जुम्लामा ३ वटा सहकारीविरुद्ध उजुरी

फिल्को मिसन

माघ ४,२०७८
जुम्ला । जुम्लामा सञ्चालित ३ वटा सहकारीविरुद्ध उजुरी परेको छ। सहकारीले बचत उठाउने नाममा आफूहरूलाई ठगेको भन्दै ११ जना बचतकर्ता महिलाले उजुरी दिएका हुन् । उनीहरूले सहकारी सञ्चालक र कर्मचारीबाटै ठगिएको बताए ।
जुम्लाको बसपार्कमा रहेको स्वजन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, समाज रूपान्तरण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र ठाकुरज्यु सहकारीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा गई उजुरी दिएका हुन्।
समाज रूपान्तरणमा आबद्ध बचतकर्ता उमा खत्रीले भनिन्, ‘हामी जस्ता धेरै व्यक्ति ठगिएका छौँ । सहकारीले बचत गर्ने ब्याज दिने भन्दै बचत गर्न लगाए। कसैकसैको बचत पनि १‚ २ लाख पुगेको छ।’
बसपार्क अवस्थित स्वजन बहुउद्देश्यीय सहकारीबाट अध्यक्ष जनक हमाल, समाज रूपान्तरण सहकारीका अध्यक्ष प्रकाश रोकाया र भोजराज न्यौपाने र ठाकुरज्यू सहकारीका अध्यक्ष तुलाराम न्यौपानेविरुद्ध ति महिलाहरुले हामी सोझासाझा नागरिकलाई बचतको बहानामा सहकारीले ठगीधन्दा चलाएको भन्दै उजुरी दिएका बताएँ ।
त्यस्तै संघीयतापछि जिल्ला सहकारी संघ खारेज भएपछि सहकारीको कार्यक्षेत्र हेरेर नियमन गर्ने निकाय तोकिएको छ।

प्रतिक्रिया दिनुहोस