अफगानिस्तानमा भूकम्प : २२ जनाको मृत्यु, उद्धार कार्या जारी

एजेन्सी

माघ ४,२०७८
एजेन्सी । अफगानिस्तानमा लगातार भूकम्प जाँदा कम्तिमा २२ जनाको मृत्यु भएको छ । अफगानिस्तानको बाग्धिस प्रान्तमा ४ दशमलव ९ र ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प जाँदा ४ जना बालबालिकासहित २२ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । ७ सय भन्दा धेरै घरमा क्षति गरेको खबरमा उल्लेख छ । भूकम्पको केन्द्रविन्दु बनेको बाग्धिस टुर्केमिनेस्थानको सिमाना हो । यो क्षेत्र अविकसित र गरिव क्षेत्रको रुपमा चिनिन्छ । उद्धारको काम चलिरहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने चेतावनी दिइएको छ । पश्चिमी अफगानिस्तानमा गएको भूकम्पमा कम्तीमा २६ जनाको मृत्यु भएको छ। आपतकालीन मामिलाका लागि राज्य मन्त्रालयका एक वरिष्ठ अधिकारीले मृत्युको संख्या पुष्टि गर्दै ७ हजारभन्दा बढी घरमा क्षति पुगेको पनि बताएका छन्। भूकम्पले प्रान्तको मुकर जिल्लामा पनि क्षति पु¥याएको भएपनि विस्तृत विवरण आइनसकेको उनले बताए।

प्रतिक्रिया दिनुहोस