पछिल्लो २४ घण्टामा १० हजार बढी कोरोना संक्रमण पुष्टि
माघ ४,२०७८ सोमबार
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १० हजार २ सय ५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १७ हजार ८ सय ७२ पिसिआर र ४ हजार ९ सय ५६ एन्टीजेन गरि कुल २२ हजार ८ सय २८ जनाको नमुना परिक्षण गरिएकोमा काठमाडाँै उपत्यकामा मात्रै ५ हजार ५ सय ४९ थपिएका छन् ।
काठमाडाँै जिल्लामा ४ हजार ४, ललितपुरमा ९ सय ७५ र भक्तपुरमा ५ सय ७० जनामा सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँ उपत्यकाको सक्रिय सङ्क्रमितको सङख्या २४ हजार ५ सय ७६ छ भने नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३९ हजार ४४ पुगेको छ । आजको दैनिक सङ्क्रमण दर झन्डै ४५ प्रतिशत पुगेको छ ।
यस्तै ५ सय ६२ जना कोरोना सङ्क्रमणमुुक्त भएका छन् भने १ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २ लाख १३ हजार १ सय ४८ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।