कोभिड खोप :अग्रपङ्क्तिमा खटिएकाहरू लाई आजदेखि बुस्टर डोज

फिल्को मिसन

माघ २,२०७८ आइतबार
काठमाडौं । सरकारले आजदेखि कोरोना महामारीको लडाइँमा अग्रपङ्क्तिमा खटिएकाहरूलाई कोरोनाविरुद्ध खोपको बुस्टर खोप दिने भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अग्रपङ्क्तीमा खटिएका स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी र अन्य कर्मचारीलाई आजदेखि कोरोनाविरुद्ध खोपको बुस्टर मात्रा लगाउने भएको हो । माघ २ गतेदेखि र ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई माघ १४ गतेदेखि बुस्टर डोज खोप दिन आग्रह गरेको थियो ।
मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीका अनुसार गएको महिनाको पुस २८ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार सरकारले आजदेखि कोरोनाविरुद्धको खोपको बुस्टर मात्रा लगाउने तयारी गरेको बताउनु भयो ।
उहाँले कोरोनाको बुस्टर मात्रा पूर्ण मात्रा खोप लगाएको ६ महिना कटेकाहरूलाई पहिलो लिएको खोपकै थप एक मात्रा खोप लगाइने जानकारी दिनुभयो । बुस्टर मात्रा लगाउनका लागि सबै प्रदेश र स्वास्थ्य निर्देशनालयलाई परिपत्र गरिसकेको भन्दै उहाँले बुस्टर लगाउन जाँदा पूर्ण मात्रा खोप लगाएको कार्ड लिएर जान पनि आग्रह गर्नुभयो ।

क्यान्सरका बिरामी, अंग प्रत्यारोपण गरेका बिरामी, एचआईभी भएका बिरामी, उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरेका बिरामीहरुलाई दोस्रो चरणमा बुस्टर डोज पाउे भएका छन ।

प्रतिक्रिया दिनुहोस