‘ए’ डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लब विजयी

माघ १,२०७८
कठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले फ्रेन्ड्स क्लबलाई ३–१ गोल अन्तरले हराएको हो । आर्मीलाई जित दिलाउन जगजित श्रेष्ठ, दिनेश हेन्जन र सुमन अर्यालले एक एक गोल गर्नुभएको थियो । फ्रेन्ड्सका जमल एन्थोनीले एक गोल र्फकाउनुभएको थियो । यस जितसँगै आर्मी लिगको तेस्रो स्थानमा उक्लिएको छ । आर्मीले ९ खेलमा १७ अङ्क जोडेको छ । फ्रेन्ड्सले ९ खेलमा ३ अङ्क जोडेको छ ।