लिमीमा हिउँले चौरीगाई लाई चरनमा समस्या

फिल्को मिसन

पुस २७,२०७८
हुम्ला । हुम्लाको उच्च भेगमा रहेको उत्तरी नाम्खा गाउँपालिकाको जनजीवन कष्टर बनेको छ । तल्लो क्षेत्रमा हिमपात कम भएपनि उत्तरी नाम्खा गाउँपालिकाको चाला, यारी, तिल,जाङ् हल्जि, लिमी, मुचु र हिल्सा लगायतका क्षेत्रमा यतिबेला बाक्लो हिमपात हुँदा त्यहाँका बासिन्दाहरु लाई दैनिक दिन कष्टकर बनाएको छ ।
लगतार परेको बाक्लो हिँउले नाम्खा गाउँपालिका लिमीमा गाउँको चरन क्षेत्र लाई ढाक्केकोले चौरी बचाउनु समस्या भएको छ । पटक पटक गरि चार फिटभन्दा बढी हिमपात भएपछि चौरीपालक किसानलाई चौरीगाई जोगाउन नै हम्मेहम्मे भएको नाम्खा गाउँपालिका वाडनं ६का वडा अध्यक्षय पाल्जोर तामाङले बताए। हिमपातले चौरीगाई चर्ने क्षेत्र सेताम्मे बनाएपछि लिमीका तिन वटा गाउँ हल्जी,जाँग र तिल गाउँका चौरीगोठाला लाई संकटमा परेको छ ।
पाटनमा चर्ने चौरी गाई जमिन हिमपातले सेताम्मै बनाएपछि चनरमा समस्या बनाएको चौरीगोठाला फुन्जोक तामाङले बताउनु हुन्छ । घरमा काटेर राखिएको घाँस सकियोकोले पाल्न कठिन हुने बताए । सिमकोट गाउँपालिका वडा नम्बर १ को दोजामका पेमा लामाले हिमपातले गर्दा आफना ६० वटा चौरी गाईलाई पाल्न पनि समस्या भएको बताए ।
लिमीका तीन गाउँ तील, हल्जी र जाँङका चौरीका खर्क तुम्लिङमा चिसो निकै बढेको र चरन क्षेत्र हिमपातले ढाकिएको छ। लिमीको चरन क्षेत्र ५ हजार १ सय मिटरभन्दा अग्लो स्थानमा रहेको छ।

हिमपात हुँदा केही समय रमाईलो भएपनि बालबालिका र बृद्धबृद्धालाई थप समस्या हुने गर्दछ । हिमपातले तापक्रम माइनसमा झर्दा चिसो अत्याधिक बढेकाले जनजीवन थप कष्टकर बनेको हो ।

प्रतिक्रिया दिनुहोस