प्रचण्डको जनरमा हुम्लाबाट भण्डारी र लामा केन्द्रीय सदस्यमा

फिल्को मिसन

पुस १८ २०७८
काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट हुम्लाका दुई जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।
काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा सर्वसम्मत रुपमा निर्वाीचत २९९ सदस्यीय हुनेमा निवर्तमान केन्द्रीय सदस्यमा हुम्लाका बिजय भण्डारी (प्रतिरोध) र संघीय सांसद छक्कबहादुर लामा निर्विरोध निर्वाचित भएका हुन् । माओवादी केन्द्रको यस पटकको केन्द्रीय सदस्यमा नल्याउने लविङ चलिरहेको समयमा अन्तत नेकपा माओवादी अध्यक्षय पुष्पकमल दाहाल (प्रचण्ड)कैे नजरमा केन्द्रीय सदस्यमा भण्डारी र लामा परेका हुन ।
पार्टी अध्यक्ष प्रचण्डले बन्दशत्रमा प्रस्तुत गरेको सदस्यीय केन्द्रीय कमिटि मध्ये २३६ जनामा भण्डारी ४ जनाको कोटा निर्धारण गरिएको खसआर्य युवाबाट भण्डारी र जनजाती पुरुषबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।यस भन्दा पहिले भण्डारी नेकपा पार्टी बाट केन्द्रीय सदस्य बनेका थिए भने लामा यसअघि केन्द्रीय सल्लाहकार परिषद सदस्याको जिम्मेवारी पाएका थिए । भण्डारी जनयुद्धका बेला भुमिगत भएर विभिन्न जिल्ला तह देखि जनमुक्ति सेनामा जिल्ला पाएका थिए ।
भण्डारी कलिलै उमेरमा पार्टीको केन्द्रीय सदस्य समेत हुन सफल भएका हुम्ला जिल्लाको पार्टीको जिल्ला इन्चार्ज असमेत बन्न सफल हुन् ।
२०७४ सालको प्रदेश सभा निर्वाचन अन्तर्गत हुम्ला जिल्लाको ‘ख’ नम्बर क्षेत्रबाट उनी माओवादी केन्द्रबाट लडेका थिए । उनी कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीँसँग पराजित भएका थिए ।
यता संघीय सांसद लामाले २०४८ सालमा हुम्ला जिल्लाबाट जनमोर्चाबाट संसदमा निर्वाचित भएको भएपनि माओवादी युद्धमा उनी कतै लागेनन् । यसअघि लामा माओवादीको सल्लाहकार परिषदका सदस्य रहेका थिए ।
जिल्लाबाट केन्द्रीय सदस्यका अन्य आकांक्षीलाई पछि पार्दै भण्डारी र लामा केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । आकांक्षी बढि भएपछि पदाधिकारी पछि टुंगो लगाउने गरी केन्द्रीय सदस्यको मात्रै घोषणा भएको माओवादीको आठौं महाधिवेशनमा हुम्लाबाट खस आर्य युवाबाट विजय भण्डारी,भुगोल बाट छिमीदोर्जे लामा (आशाकर),जनजाति बाट छक्क बहादुर लामा, दलित बाट रणसिंह परियार र महिला बाट लक्ष्मी बुढा (उन्नति) लाई जिल्ला पार्टीले शिफारीस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस