प्रचण्डको राजनीतिक प्रतिवेदन(पूर्णपाठसहित)

फिल्को मिसन

पुस१३,२०७८ मंगलबार
काठमाडौं । नेपाल कम्युनिस्ट केन्द्रको आठौं महाधिवेसनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।प्रचण्डले सोमबार साढे २ घण्टा लगाएर वाचन गरेको ४५ पेजको लामो राजनीतिक प्रतिवेदनमाथि छलफलका लागि विभिन्न २५ वटा समूह बनाइएको छ। ती समूहमा छलफल पछिको निष्कर्षलाई समावेश गर्दै प्रतिवेदनले अन्तिम रुप पाउने छ।
प्रचण्डले प्रस्तुत गर्नुभएको ‘२१ औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक प्रतिवेदनको बारेमा नेताहरूले छलफल गर्नेछन् । विधान मस्यौदामा पार्टीको केन्द्रीय कमिटी २सय ९९ जना सदस्यीय रहने, पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष ६ जना, महासचिव, उपमहासचिव दुईजना, सचिव तीन जना र कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी रहने प्रस्ताव गरिएको छ । केन्द्रीय कमिटीमा महिलाको ३५ प्रतिशत, दलितको १५ प्रतिशत, मुश्लिमको ५ प्रतिशत प्रतिनिधित्व हुने व्यवस्था गरिएको छ ।

प्रचण्डको राजनीतिक प्रतिवेदन पूर्णपाठसहित तल दिएको क्लिक गर्नुहोस । prachanda document.pdf – Google Drive

प्रतिक्रिया दिनुहोस