कांग्रेसको १६ जिल्ला अधिवेशन पुस २७ गते हुने

पुस१२,२०७८ सोमबार
काठमाडौं । नेपाली कांग्रेसको रोकिएका १६ जिल्लाको अधिवेशन यहि पुस २७ गते गर्ने निर्णय गरेको छ। कांग्रेसको निर्वाचन समितिले सोमबार एक सूचना जारी गरी पुस २७ गते निर्वाचन गर्ने निर्णय भएको निर्वाचन समितिका सचिव केशव रिजालले बताउनु भयो ।
जिल्ला अधिवेशन हुन बाकी रहेका जिल्लाहरु सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली छन्। त्यस्तै मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुर छन्। जिल्ला अधिवेशन हुन बाँकी रहेका सबै १६ जिल्ला दुईभन्दा बढी संघीय निर्वाचन क्षेत्र भएका जिल्ला हुन्।