संशोधनविना एमसीसी पारित हुदैन : प्रचण्ड

फिल्को मिसन

पुष १२, २०७८,सोमबार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संशोधनविना एमसीसी पारित गर्न नसकिने बताएका छन् । माओवादी केन्द्रको आठौँ महाधिवेशन अन्तर्गत दोस्रो दिनको बन्दसत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । एमसीसीलाई नेपालको राष्ट्रिय हित अनुकुल कति पारिमार्जन र संशोधन गर्न सकिन्छ, त्यो हेर्नुपर्ने बताए । उनले एमसीसीका सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो राखेको अभिव्यक्तिमाथि एमसीसी लाई परिमार्जन, संशोधन नहुँदा पास गर्ने पक्षमा रहेको बताए । यस्तै प्रचण्डले आफ्नो राजानीतिक प्रतिवेदन पनि बन्दसत्रमा पेस गरेका छन् ।

प्रतिक्रिया दिनुहोस