मोर्डना खोप अभियान शुरु हुम्लामा ९हजार वालवालिका
पुस ४,२०७८ आइतवार
सिमकोट। । हुम्लाका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मोर्डना खोप दिइने भएको छ । कोरोना सङ्क्रमणबाट जोगिनका लागि हुम्लाका ९ हजार ६सय २१ बालबालिकालाई रहेको छ ।
पुस चार गतेबाट सुरु गर्नुपर्ने बालबालिकाका लागि मोडर्ना खोप अभियान केहि गाउँपालिकामा शुरु भएको स्वाथ्य कार्यालय हुम्लाका कार्यालय प्रमुख प्रेम बहादुर सिंहले बताए । उनले आइतबार एकै साथ लगाउनु पर्नेमा सदमुकाम सिमकोटमा बल्ल खोप पुगेको बताए ।
सात वटै गाउँपालिकाका स्वास्थ्यकर्मी आइतबार खोप लिन आइपुगेको र खोप दिएर पठाउन लागिएको स्वास्थ्य खोप प्रमुख मन बहादुर रोकायाले बताए । उहाँका अनुसार खार्पुनाथ गाउँपालिमा ७सय २० डोज, ताँजाकोटमा ८सय ३० डोज,अदानुली गाउँपालिकामा १ हजार ८० डोज र सिमकोट गाउँपालिकामा ५सय ५० डोज उपलब्ध गराइएको छ। अन्य गाउँपालिकालाई खोप वितरण भइरहेको छ।
जिल्लामा १ सय खोप केन्द्रमा ९ हजार ६२ सय १ जना बालवालिकाहरु रहेको अनुमान कार्यालयले गरेको छ भने यो खोप अभियान पुस १४ गतेसम्म चल्ने छ। खोपसम्बन्धी दक्षता हासिल गरेका स्वास्थ्यकर्मी परिचालन गरिने बताएको छ ।