जनगणना संकलित तथ्यांक हेलिकोप्टर बाटै ढुवानी

फिल्को मिसन

पुस ४,२०७८ आइतवार
हुम्ला । राष्ट्रिय जनगणना संकलित तथ्यांक विवरणहरु हेलिकोप्टर बाटै सुर्खेतमा ढुवानी गरेको छ ।
जनगणनाका तत्थ्याङ्कहरु सुरक्षित र सहज रुपमा लैजानका लागि तत्थ्याङ्क विभागले हिमाली जिल्लाहरुबाट हेलिकोप्टरले तथ्यांक ढुवानी गरेको जिल्ला जनगणना अधिकारी विनोद भट्टले बताए । उनले अनुसार हुम्लाका सातै वटा गाउँपालिकमा जनगणनाका तत्थ्याङ्कहरु साढे दुई क्वीन्टल विवरण नेपाली सेनाको हेलिकोप्टरले ढुवानी भएर बताउनु भयो । भौगालिक विकटता अनुसार एउटा वडामा ३ जनासम्म गणक परिचालन भएका थिए। यसका लागि जिल्लाभरी ८० जना गणक र २३ जना सुपरभाइजरले संकलन गरेका थिए।
हुम्ला सँगै डोल्पा, मुगु लगायतका जिल्लाहरु बाट सामाग्री हेलिकोप्टरबाटै ढुवानी गरेका छ । सुगम जिल्लाहरु बाट भने सबै जिल्लाको संकलन भएपछि गाडीमा कोठमाडौँ लगिने तयारी गरेको छ । गत मङ्सिर ९ गते जनगणना कार्य सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस