सिमकोट विमानस्थलमा थन्कियो तारा एयरको विमान

फिल्को मिसन

पुस ४,२०७८ आइतवार
सिमकोट । तारा एयरको जहाजको पखेटाबाट फ्युल चुहिएपछि सिमकोट विमानस्थलमै थन्किएको छ ।शनिबार दिउँसो सिमकोट विमानस्थलमा अवतरण गरेको तारा एयरको ट्वीनटर जहाज त्यसयता सिमकोटमै थन्किएको छ। जहाजमा प्राविधिक समस्या आउँदा मर्मत हुन नसकेपछि जहाज सिमकोट विमानस्थलमै थन्किएको सिमकोट विमानस्थलका प्रमुख मोहन गिरीले बताए । विमानस्थलका प्रमुख गिरीका अनुसार तारा एयरको जहाज शनिबार सिमकोट विमानस्थलमा अवतरण गरिसकेपछि पखेटाबाट इन्धन चुहिने अबस्था आएपछि विमानस्थलमै जहाज रोकिएको जानकारी दिए।
नेपालगन्जबाट कार्गो उडान गरेको तारा एयरको जहाज मर्मतका लागि सामान नेपालगंजबाट ल्याउनु पर्ने भए पछि जहाज सिमकोटमै थन्किएको बताएको छ ।
आइतबार बिहानैबाट एकासी चलेको हावाहुरी कारण कुनै पनि उडान हुन नसकेको बताउँदै उनले मर्मतका लागि सामाग्री नआएकै कारण जहाज एप्रोनमा रोकिनु परेको सिमकोट विमास्थल श्रोतले बताएको छ।

 

प्रतिक्रिया दिनुहोस