रुखको मुडामा च्यापिएर एक जनाको मृत्यु

फिल्को मिसन

पुस ३,२०७८ शनिबार
सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–५मा पर्ने स्याकस्याके वनमा ढलेको रुखको दाउरा चिर्ने क्रममा मुडासँगै चिप्लीएर एक जनाको मृत्यु भएको छ। खार्पुनाथ गाउँपालिका वडा४ झाजा गाउँ घर भएका ३१ वर्षका शाहमल रोकायाको शुक्रबार दिउस मृत्युभएको थियोे । नजिकै छिमेकी वनमा दाउरा खोज्न गएका मृत्यक रोकाया पुरानो ढलेको रुखको दाउरा चिर्ने क्रममा मुडासँगै पल्टिीएर चेप्पिको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेरम्भ शर्माले बताए।
प्रहरी नायव उपरीक्षक शर्माको नेतृत्वमा गएको टोली सम्बन्धीत घटना स्थलमा पुगी घटना स्थलमा मुचुल्का गर्नुको साथै उक्त लाशलाई पोष्टमाटम गरि मृत्यकका आफन्ता लाई बुझाएको जिल्ला प्रहरी कार्यालय श्रोतले बनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस