माध्यमिक तहको १५सय बढि शिक्षकको नयाँ पदपूर्तिको लागि खुला

फिल्को मिसन

मंसिर २९, २०७८
काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहको पन्ध्र सय भन्दा धेरै शिक्षकको नयाँ पदपूर्तिका लागि खुला विज्ञापन गरेको छ । आयोगले १ हजार ५सय ६५ जना शिक्षकको नयाँ पदपूर्तिका लागि खुला विज्ञापन गरेको हो । परीक्षा आवेदन फारम पुस २९ गतेसम्म भरिसक्नुपर्ने छ । तर, दोब्बर दस्तुर तिरेर माघ ६ गतेसम्म आवेदन दिन सकिने आयोगले जनाएको छ । समावेशीका लागि अतिरिक्त शुल्क बुझाउनुपर्ने छ । परीक्षा आवेदन अनलाइनमार्फत भर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस