देउवालाई ८२ मत अपुग, दोश्रो चरणमा चुनाव हुने

फिल्को मिसन

मंसिर २८, २०७८
काठमाडौं । नेपाली कांग्रेसको सभापति पदको निर्वाचनमा कसैले पनि ५१ प्रतिशत मत पुर्याउन नसकेपछि निर्वाचन दोस्रो चरणमा पुगेको छ । चार हजार पाँच सय त्रिसाठीको मतगणना गर्दा देउवालेपहिलो चरणमा देउवाले २२५८ मत प्राप्त गर्नुभएको छ । उहाँले ८२ मतले ५० प्रतिशत कटाउन सक्नुभएन । कोइरालाले १७२९, सिंहले ३७१ निधिले २४९ र गुरुङले २० मत प्राप्त गर्नुभयो । शेरबहादुर दउवाले ८२ मत पुराउन सकेनन् दोश्रो चरणमा निर्वाचन हुने भएको छ ।प्रतिशतका आधारमा हेर्नेहो भने देउवा ४८.२३,शेखर ३६.९३,प्रकाशमान ५.९२,निधि ५.३१ र
कल्याण ०.०४ प्रतिशत मत पाएका छन ।

रामचन्द्र–कोइराला लाइन शेखरमा सहमत थियो भने प्रकाशमान र निधि बागी उम्मेद्वार दिएका थिए ।कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको बहुमत चाहिन्छ । आइतबार भएको मतदानमा ४ हजार ६सय ७९ महाधिवेशन प्रतिनिधिले मत दिएका थिए । अब कुनै पनि उम्मेदवारलाई विजयी हुन २हजार ३सय ४० मत चाहिन्छ ।

प्रतिक्रिया दिनुहोस