स्कुटी वाली महिला संसद शाहीको पनि उम्मेद्वारी घोषण

फिल्को मिसन

मंसिर २४, २०७८
काठमाण्डौं । । हुम्ला जिल्लाबाट सासद रंगमति शाहीले नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनमा महिला तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
संघीय संसदमा स्कूटीवाली महिला सांसदका रुपमा चर्चामा आएकी शाहीले महिलाको तर्फबाट केन्द्रीय सदस्य पदका लागि योग्य उम्मेद्वारी भएको शाहीले बताइन् ।
संसदमा खेलेको भुमिकाकै कारण देशभरका कार्यकर्ताहरुको सुझाव अनुसार उम्मेद्वारी कर्णाली प्रदेशको कोटाबाट पाउनु पर्ने माग राखेकिछिन । संसदमा ६३ जना महिला सासद रहेपनि प्रभावकारी भुमिका खेल्न नसकेको भन्दै सर्वत्र कांग्रेसको आलोचना भइरहेका बेला केपी ओली सरकारविरुद्ध खरो रुपमा उनले संसदमा बोल्ने गरेकी थिइन् । देशको विकासमा खरो आवाज उठान गर्ने संघिय सासद शाही सानै उमेरदेखि महिलाको बारेमा विभिन्न कार्याक्रम संचालन गर्दै आएकी शाही अब सक्रिय रूपमा पार्टी राजनीतिमा होमीएकी छन।  सांसद शाही हुम्ला जिल्ला सर्केगार्ड गाउँपालिका वडा नम्बर ४ की स्थायी वासिन्दा हुन् । दुर्गमको जन्मे हुर्केकाकारण आफुले चुनाव जितेपछि केन्द्रीस समितिमा बुलन्द आवाज उठाउन सक्ने उनको तर्क छ । यसका लागि देशभरका नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिसँग मतका लागि पनि आग्रह समेत गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस