मुख्यमन्त्री शाहीले कांग्रेसको सह–महामन्त्री पदमा लड्ने

मंसिर २४, २०७८
काठमाण्डौं । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीले नेपाली कांग्रेसको सह–महामन्त्री पदमा उम्मेदवारी दिने भएका छन्। पार्टीको केन्द्रीय सदस्य समेत रहेका उनले पिछडिएको क्षेत्रबाट उम्मेदवारी घोषणा गरेको मुख्य मन्त्रिका सचिवालय सदस्य राज बहादुर रोकायाले बताउनु भयो ।
मुख्य मन्त्री शाही काँग्रेस पार्टीभित्र देउवा पक्षका हुन भने कर्णालीबाट पार्टीको नेतृत्वदायी भूमिका पाएर कुशलतापूर्वक निर्वाह गर्न सफल बनाएका छन । बिपीको परिकल्पनाबाट स्थापित पार्टीलाई अझ सशक्त र मजबुत बनाउनको लागि फेरि एकपटक काँग्रेसजनहरुले आफुलाई सह–महामन्त्री पदमा रहेर काम गर्न चाहेको मुख्यमन्त्री शाहीले फिल्कोमिशन लाई बताउनु भयो । कर्णाली प्रदेशमा सभापतिको चर्चामा आएसंगै प्रदेशमा पार्टी भित्रै नेताहरुले आकाक्षी देखाए पछि अरु साथीलाई आफुले मिलाएको बताए । मुलुकलाई अप्ठ्यारो परेका बेला निकास दिने नेपाली कांग्रेस नै भएकाले अबका चुनावमा प्रस्ट बहुमत ल्याउनका लागि त्यसै अनुसारको तयारी गरेर बताए । हुम्लाबाट अर्का प्रतिनिधी सभाका संसद रंगमती शाहीले पनि केन्द्रिय सदस्यको लागि उम्मेदारको घोषण गर्नु भएको छ ।
को हुन् मुख्मन्त्री शाही ?
२००२१ फागनु २०मा हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका वडा नं.५ खर्पेलगाउँमा मानबहादुर शाही र आमा बेलकली शाहीको कोखबाट जन्मिएका जीवनबहादुर शाही बाल्यकालदेखि राजनीतिबाट प्रशिक्षित थिए। उनको घरमा बुवाले राजनीति लागेकै कारणले उनलाई राजनीति गर्नमा थप प्रेणा मिल्यो ।
पूरै घर परिवार नेपाली काँग्रेस पार्टीमा लागेको भन्दै सशक्त माओवादी चलाएको जनयुद्धमा माओवादीले पूरै घर कब्जा गरे पछि सुरक्षाको खोजी गर्दे सिमकोट बजारमा गएर बसे । बुवा मानबहादुर शाहीको राजनीतिक पृष्ठभूमिको प्रभाव आमा र छोराहरु लाई परेकै थियो । दुईपटक सङ्घीय मन्त्री भइसकेका काँग्रेस नेता जीवनबहादुर शाहीलाई २०७४ सालको निर्वाचनमा पार्टीले मुख्यमन्त्रीका रुपमा प्रदेशको नेतृत्व गर्ने गरी प्रदेशसभातर्फ उम्मेदवार बनायो । प्रत्यक्षतर्फ २४ सिट रहेको कर्णालीमा काँग्रेसले भने एक सिट मात्र जित्यो । त्यो जितको खाता पनि उनले नै खोले ।हुम्ला प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट विजयी नेता शाही समानुपातिक पाँच सांसदको नेतृत्व गर्दै पार्टीको संसदीय दलको नेता हुँदै गर्दाै कर्णाली प्रदेशकै मुख्यमन्त्री बन्न सफल भए।
त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तरसम्मको शिक्षा हासिल गरेका उनले विद्यालय शिक्षा भने काठमाडौँको बूढानीलकण्ठ स्कुलबाट पूरा गरेका हुन् । उनले अमेरिका, बेलायत, भारत, चीन, जापान लगायत ३० भन्दा बढी मुलुकको भ्रमण गरेका छन् ।
नवनियुक्त मुख्यमन्त्री शाहीको राजनीतिक यात्रा भने २०४६ सालबाट सुरु भएको हो । प्रजातन्त्रका लागि सङ्घर्ष गर्ने क्रममा केही समय भूमिगत भए । त्यस्तै विसं २०६२/६३ को जनआन्दोलनमा तीन महिना जेल बिताए । २०४६ देखि २०६२ सालसम्म हुम्ला काँग्रेसको सभापति, जिल्ला विकास समिति हुम्लाको सभापति, तत्कालीन काँग्रेस (प्रजातान्त्रिक) को केन्द्रीय सदस्य, नेपाली काँग्रेसको १२ र १३औँ महाधिवेशनबाट केन्द्रीय समिति सदस्य निर्वाचित भए ।
कर्णालीलाई राजनीतिक कार्यथलो बनाउँदै गर्दा उनले सामाजिक क्षेत्रमा समेत थुप्रै काम गरेका छन् । स्नोल्यान्ड एकीकृत विकास केन्द्र हुम्ला, सामुदायिक रेडियो कैलाश एफएम, नेपाल रेडक्रस सोसाइटी, द रेयुकाई नेपाल हुम्लाको संस्थापक अध्यक्ष भएर उनले सामाजिक जिम्मेवारी पूरा गरेको अनुभव छ ।