भर्जिन सिमकोट : गाउँपालिकाले गरे सडक दुर्गन्धित

फिल्को मिसन

बुधबार २२,मार्ग २०७८
हुम्ला । लामो समयदेखि हुम्लाको सिमकोट गाउँपालिकाले फोहोर व्यवस्थापन गर्न नसक्दा सिमकोट बजारका र आसपासका सडक क्षेत्र दुर्गन्धित बन्दै गइरहेको छ । सिमकोट गाउँपालिकाको बुराउसे र बरगाउँ जाने सडक दुर्गन्धित भएको छ। बजारको फोहोर संकलन गरेर सडक छेउमै फाल्नाले सडक दुर्गन्धित भएको हो।
सिमकोट बजारभित्रको सरसफाइमा ध्यान नेपालकै उच्च स्थानमा रहेको भर्जिन सिमकोट बजार कुरूप र दुर्गन्धित बनेको हो । फोहोर फाल्ने ठाउँ (डम्पिङ साइट) भएपनि सिमकोट गाउँपालिकाले सडक किनारमा फोहोर फाल्ने गरेको सिमकोट गाउँपालिका–६ का स्थानीय जौका रोकायाले बताईन । बजार क्षेत्रमा ट्र्याक्टरमा संकलन भएर ल्याएको फोहोर चिसामुल क्षेत्रमा जथाभावी फाल्नाले सो क्षेत्रको सडक दुर्गन्धित भएको बताउनु भयो । सडक किनारमा फालिएको फोहरसमेत गाउँपालिकाले नियमित नउठाउँदा समस्या बढेको देखिएको छ ।
सिमकोट गाउँपालिकामा अहिले एक दर्जन सफाइ कर्मचारी र सफाइका लागि ट्याक्टर भाडामा लिएता पनि बजार र सडकको सरसफाइको नाममा कुनै काम हुन नसकेको जिल्ला स्वाथ्य कार्यालय डाक्टर नविन रोकायाले दुःखेसो पोखेका छन ।
बजारको छेउछाउमा सडकभरि विस्कुट र चाउचाउका खोल, पानपाराक खाएको खोल यत्रतत्र फालिएका छन् । बजार भित्र गल्लीका सडक किनारमा फालिएको फोहरसमेत सिमकोट नियमित नउठाउँदा समस्या बढेको देखिएको छ ।
फोहोर फाल्नाले डेढ सय मिटर वरपरको क्षेत्र दुर्गन्धित हुँदा गाडीमा यात्रा गर्ने यात्रु र पैदलमा हिँडेन पैदल यात्रिले नाक थुनेर जानुपर्ने रहेको डा रोकायाले बताए । एक हप्ताभरि बजार क्षेत्रमा जम्मा भएको फोहोरलाई सिमकोट गाउँपालिकाले दुई वर्षदेखि भाडा दिएर भएपनि ट्र्याक्टरबाट फाल्ने फाल्दै आएको थियो । अबिरल बर्षाकै कारण डम्पिङसाइट जाने सडक पहिरोले लिएपछि फोहोर ब्यबस्थापन गर्न नसकिएकोले सिमकोट गाउँपालिकाले स्वीकारेको छ । फोहोर फाल्ने स्थान अन्यत्र कतै नभएकाले संकलित फोहोर सडक छेउमा फाल्नै पर्ने बाध्यता रहेको गाउँपालिकाले श्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस